Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

भण्डारीले अमेरिकामा चुनाब जिते

भण्डारीले अमेरिकामा चुनाब जिते

सतीश चापागाईं

१६, आषाढ २०७५
images
संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्य डिस्ट्रीक्ट ८ बाट राज्य बिधान सभा सदस्यको लागि सम्पन्न डेमोक्रेटिक पार्टीको प्राइमरी निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन । साथै भण्डारी डेमोक्रेटिक पार्टीको मेरील्याण्ड राज्यको केन्द्रीय सदस्यमा पनि निर्वाचित भएका छन । अमेरिकामा मध्यावधी निर्वाचनका रुपमा लिइने नोभेम्बर ६ मा हुने निर्वाचनमा ह्यारी भन्डारीले रिपब्लिकन पार्टीका उम्मेद्वारसंग स्टेट डेलेगेटका लागि प्रतिष्पर्धा गर्ने छन ।अमेरिकामा पार्टीगत रुपमा राज्य स्तर को बिधान सभाको सदस्य को प्राइमरी चुनाब र पार्टी को राज्यको केन्द्रीय समितेमा निर्वाचित हुने ह्यारी भण्डारी नेपाली मूलका पहिलो हुन । नेपालको पर्बत जिल्लाबाट डेढ दशक अघि अमेरिका आएका ह्यारी भण्डारी मेरील्याण्डको बाल्टीमोरमा बस्दै आएका छन । भण्डारी पेशाले शिक्षक हुन । भण्डारीको निर्वाचनका सन्दर्भमा अमेरिकाको नेपाली समुदायले चासो र महत्वका साथ लिएका छन ।निर्वाचनमा मेरिल्याण्ड राज्य र वरिपरिका राज्यबाट नेपाली समुदायबाट मतदान केन्द्रमा र प्रचार प्रसारमा यथेष्ट सहयोग पुर्याएका थिए । निर्वाचनमा जिते पश्चात भण्डारीले अमेरिका अवसरको भुमी हो र हामी नेपाली आप्रवाशीले पनि भावी सन्ततीको लागि एवं अधिकारका लागि मिलेर संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको छ । भन्डारीले नोभेम्ब र ६ मा हुने निर्वाचन मा पनि सहयोग गर्न नेपाली समुदायसंग अपील गर्नु भएको छु । भण्डारीले बिजयी हुनेबित्तिकै नेप्लिज डायस्पोराक प्रधान सम्पादक सतिश चापागाईंसंग गरेको कुराकानी प्रस्तुत छ : https://www.youtube.com/watch?v=ycCKiKB_Ucc&t=23s

images
प्रकाशित मिति :आषाढ १६, २०७५ शनिवार - २२:१५:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend