३१, आषाढ २०७५
अच्युत सिग्देल
एक कालो र छोटो कदको मान्छे सुन्दर गोरी चिटिक्क परेकी श्रीमतीको साथमा जब टिभीतिर देखिन्छ तब मलाई दार्शनिक सुकरातले भनेको, "अनुहार ज्यादा आकर्षक नभए पनि काम र कृतीले मानिस अनन्तसम्म कालजयी र यादगार रहिरहन्छ", भन्ने उदगार याद आँऊछ ।
जव सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले ग्रिनकार्ड र पि आर धारी मन्त्री र ऊच्च पदस्थ कर्मचारीहरूको दोहोलो काढ्ने कामगरे तब उनी हरहप्ता चर्चामा आईरहन्छन् । दोश्रो चरणमा उनको विदेशमा बस्ने र दोहोरो नागरिकता लिनेप्रति कटाक्षपूर्ण अन्तरवार्ता गरे त्यसपछि त उनि प्रवाशमा भुतनै बनेर पसेका छन । आजकल दोहोरो नागरिकता लिनेहरू लालवावुलाई सामाजिक सन्जालमा असहिस्णु र गाली गलौच शव्दवमन गर्दैछन ।
हिजो अमेरिकी राष्ट्रपति चुनावताका सगौरव मैले ट्रम्पलाई भोट हाले, म सगौरव अमेरिकी नागरिक भएँ । स्वतस्फुर्त: यो ऐतिहासिक घडिको ऐतिहासिक पात्र हुँ भन्नेहरूको सपना यी पॉचफुटे मन्त्रीले चकनाचुर नै पारिदिएका छन् ।
एक स्थानीय तराईवासी भएको कारण ऊनको भाषाको प्रयोग र शव्द चयन उपयुक्त नभएको पक्कै हो । तर लालवावु पण्डितको सोच, अडान, कार्यक्षमता पक्कै नेपाल र नेपालीको अहितकर छैन । यस्ता राष्ट्रिय व्यक्तितवहरूको आसय र द्रृष्ट्रिकोण सुक्ष्म अध्ययन हुन आवस्यक छ । हामी प्रवाशीले के वुझ्न जरूरी छ भने कुनै एक मन्त्रीले चाहदैमा रातारात कुनै ऐन वा क़ानून परिवर्तन हुदैन । पुरा सदन वा मन्त्री परिषद र ऐन कानुन समितीहरूबाट प्रतिपादित र सम्सोधित हुनु पर्ने हुन्छ । एन आर एन प्रतिको दृष्टिकोण, अधिकार र मान्यता सँविधानत: प्रष्ट हुनु पर्दछ जुन प्रयासरत छ । यति ठूलो विस्व राजनिती मुठ्टीमा आईसकेको अवस्थामा नेपाल सरकार आफ्ना सद्भावना नागरिक दुतहरूप्रति पूर्वाग्रह राख्नै सक्दैन ।
अमेरिकी नेपालीहरूको समस्या के हो र यसलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने तर्फ ध्यान जान जरूरी छ । एक दशक अमेरिकामा बस्दा मैले निम्न कुराहरू महसुस गरेको छु:
१ : मन मस्तिकसमा नेपाल तर नागरिकता अमेरिकी,
२: अमेरिकी वन्ने ठूलो लालसा तर नेपालको पैतृक सम्पति गुम्ने चिन्ता,
३ यथेष्ट कमाई गरेर वा वच्चाको व्यवस्थापन गरे पछि नेपाल फर्कने लालसा,
४ वुढेशकाला सोसियल सेक्युरिटी लिएर आधा साल नेपाल र आधा साल अमेरिका वस्ने चाहना ।
आप्रवासीसँग अमेरिकाले चाहेको के हो ?
कमसे कम स्कूल स्तरको अँग्रेजी वोल्न सक्ने वा लेख्न सक्ने नागरिक वनुन, जस्ले सगौरव I am Proud to be a American भन्न सकुन । आ-आफ्नो धर्म,भाषा, कला, सँस्कृती बचाएर अमेरिकी मुल प्रवाहमा समिश्रित हुन सकुन ।
नयॉ जेनेरेसन पूर्णरूपमा दक्ष अमेरिकी वनोस जस्ले अमेरिकाको हरेक क्षेत्रमा टेवा दिन सकोस । हरेक नागरिक ज़िम्मेवार अविभावक वनुन जस्ले गुणस्तर नागरिक र गुणस्तरीय समाजको विकास होस र अमेरिकाको भलाईको लागि सहयोगि वनोस ।
कहॉ छ नेपाली समाज ?
औसतरूपमा नेपालबाट व्याचलर गरेर आएका र सेकेण्डरी लेवलको सचेत नागरिकहरू छन नेपाली समाजमा । मन र मुटूभरि नेपाली राजनीति र आत्म दर्शनको सामाजिक सँस्कार छ । अध्ययनमा निरन्तरता छैन मज़दूरी गर्नै पर्ने वाध्यात्मक अवस्था छ । लामो घण्टेकाम र धौ धौ कमाई र न्यून वचत ( अपवादमा दर्जन जति वाहेक) चिन्तित मनोदशा र हुर्कदै गरेको वच्चाहरूको चिन्ता र नेपाल फर्कने कि नफर्कने दोधार वच्चालाई नत अमेरिकी वन्न छुट दिन्छन नत आफु नेपाली वन्न नै सकेका छन । यता न ऊताको जस्तो फ़्यूज़न पूर्ण सँस्कार छ । वेटर वन्ने, ट्याक्सी चलाऊनु पर्ने वाध्यता र समाजसेवी वन्ने अभिलाषा अर्थपूर्ण समायोजित जिवन जिऊदै छ नेपाली समाज । निर्धक्क आफूले गरेको कार्य डिनर टेवलमा राख्न सक्ने अवस्थामा नै छैन । नत वावुलाई छोराको दिशानिर्देश छ न छोरा वावुको सामाजिक हैसियतको जानकार वा पर्वाह नै राख्दछ ।
कुनै पनि देशको स्थाई नागरिक वनिसकेपछि त्यो नागरिकको प्रमुख कर्तव्य हुन्छ आफूलाई सोहिसमाज अनुकुल ढाल्नु । स्थानिय सभ्यता र सँस्कृती अपनाऊनु र जीवनशैली जिऊनु ।
के गर्दै छ नेपाली समाज ?
सकेसम्म खाई पिई गर्दै दुई दुई पार्टि गर्छ । दुई दुईवटा मदर्स दे, फादर्स डे र नयाँ वर्ष मनाउछन । त्यसमाथि दशैं तिहारको उल्लासमय बाताबरण त्यसै जान दिने कुरै भएन । पार्टी पार्टी, जातजाति, धर्म, जिल्ला क्षेत्र प्रमोदमा व्यस्त देखिन्छ । फेसवुक र अन्य सामाजिक सन्जाल हेर्दा विश्वको सवै भन्दा सुखी खुसि नागरिक झै लाग्दछ ।
कामको लगाव र स्वाभिमान हेर्दा नेपाली साचैको उत्कृष्ट नागरिक नै हो । हरेक ईन्डिएन एसोसिएटस् हरूमा नेपाली मैनेजर हुनु यस्को ज्वलन्त उदाहरण हो ।
आम अमेरिकीहरू जस्तै सम्वेदनशिल छ नेपाली । सहयोग गर्नु, सहकर्मीको हेरचाह गर्नु, हातेमालो गर्नु र अरूको दुखमा दुई थोपा आशु झार्न सक्नु र अरूको खुशिमा खिल्लिलाएर हास्न सक्नु विशेषता हो नेपालीको ।
अमेरिका वसेर पनि नेपाली समाचार पढ्नु, नेपाली राजनिती गर्नु । चौविस घण्टा नेपालको ध्यान दिनु र जान्दै नजानेको विषयमा पनि दिशानिर्देश गर्नु । सरकार पक्ष, प्रतिपक्ष, जात जाती मा विभाजित राजनीति गर्नु । सामाजिक आचरण नहुनु सभा सम्मेलनको नाममा फजुल खर्च गर्नु । आत्मकेन्द्रीत र प्रचारमुखी हुनु , अप्ठ्यारोमा हात झिकिदिनु वा खुट्टा तान्नु चाहि नराम्रो पक्ष हो ।
लालवावु सम्वन्धमा ;
लालवावुलाई एक व्यक्तिको रूपमा नहेरौ । लालवावु नेपाली राजनिती र व्यवस्थाको कमज़ोरीहरू व्यवस्थापन गर्ने सँस्था हो । देश वनाऊन देश प्रेम र राष्ट्रियता चाहिन्छ, राष्ट्र प्रेम चाहिन्छ । आत्मनिर्भर रहन पनि पहिला आत्मविस्वास चाहिन्छ । केहि हुदैन र सतीले सरापेको भन्ने ऊखानलाई परिवर्तन गर्न गार्हो छ । डिभि मोह र पिआर र ग्रिनकार्ड मोहले बाहिरिएको जनशक्ति कसरी रोक्न सकिन्छ ?
त्यो जनशक्ति लाई रोकेर नेपालमा ऊत्पादक मुलक काममा लगाऊनु लाल वावुको चुनौति हो । त्यो रोक्न जति सुकै कठीन निर्णय गरे पनि हामीले सहयोग गर्नु पर्छ । नेपाल बन्छ भने एक दुई पैतृक घर घडेरी छोडेर केहि हुन्न ।
लालवावुलाई सुझाव:
विदेशीने कसैको रहर हुदैन । आफनो वासस्थान र परिवार चटक्कै छोडेर जॉदाको पीड़ा लेखेर वा बोलेर देखिदैन । नेपालमा विकसित घटाक्रमले लाखौ नेपाली वाहिरिएका छन ऊनीहरूलाई नेपालसँग नाता तोड्न दिनु हुदै हुदैन जोड्ने प्रयास हुनु पर्दछ । नेपालवाट डलर वाहिर लान सजिलो हुने व्यवस्था गरे नेपालमा लगानी वढ्छ, रोज़गार वढ्छ । शुन्य व्याजदरमा अमेरिकी वैङ्कमा मौजाद डलरलाई गाऊको हाई्ड्रोपावरमा लगानी गराऊन सक्नु र यता आवस्यक परेको वखत, भैपरि आऊदा त्यो वेचेर ल्याऊन सक्ने वातावरण वनाऊनु पर्दछ ।
विदेशमा वस्ने नागरिकले लालवावुजी लाई गाली गरेपनि नेपाललाई भरपुर माया गर्छन । लालवावु जी दुई चार साल अमेरिका वस्नुस पढेर नै सहि अनि थाह पाऊनु हुनेछ विदेशिनुको पीडा ।
नेपाल सकरात्मक वाटोतिर जादैछ । दुवै छिमेकि देश विकासको रापले तातेको मुलुकको विचमा चेपीएको नेपाल आफै तातिन्छ । हामी प्रवाशीहरू पनि नेपालको दुख सुखको हिस्सा वन्न सकौ । आख़िर मन त हाम्रो नेपाली नै त हो ।
(सिग्देल लामो समयदेखि अमेरिकाको न्यु योर्कमा बसोबास गर्दै आएका सक्रिय सामाजिक व्यक्तित्व हुन् ।-सम्पादक )
प्रकाशित मिति :आषाढ ३१, २०७५ आइतवार -
१९:३३:२१ बजे