Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र पाँच वर्षपछि नवीकरण

एनआरएनए अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र पाँच वर्षपछि नवीकरण

सतीश चापागाईं

३२, आषाढ २०७५
images
  प्रकाशित मिति: २७ असार २०७५, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ।इजाजतपत्र खारेज भएको पाँच वर्षपछि फेरि बीबीको अनुमति पाएको हो। मन्त्रिपरिसदको निर्णयले असार १ गते बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय भएको हो। बीबीले मन्त्रालयमा पेस गरेको व्यवसायिक योजनालाई मुल्यांन गरेर इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।बीबीले पेस गरेको योजनामा निगमबाट खरीद गरेको बोइङ बेच्ने उल्लेख छ। ‘आगामी दिनमा बोइङ ७५५ र एयरबस ३३० खरीद गरी उडान गर्ने भनिएको छ,’ सहसचिव आचार्यले भने, ‘सो विमानबाट भारत, दोहा, सिंगापुर, दुवई, मलेसिया लगायतका देशहरुमा उडान गर्ने योजना बीबीले देखाएको छ।’मन्त्रालयबाट इजाजत पाएसँगै बीबीलाई वायु सेवा सञ्चालन अनुमतिपत्र (एओसी) प्रक्रिया सुरु गर्न बाटो खुलेको छ। सन् २०१२ मा बीबी एयरवेजले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एउटा बोइङ भाडामा लिएर काठमाडौं मलेसिया उडान सुरु गरेको थियो। व्यवस्थापन क्षमता नपुग्दा तीन महिनामै बीबीको उडान बन्द भएको थियो।उडान बन्द गरेको वर्षदिन नहुदा नै अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) को प्राविधिक मापदण्ड पूरा गर्न नसक्दा सन् २०१३ मा बीबी एयरवेजको सञ्चालन अनुमतिपत्र खारेज भएको थियो। आइकाओले २०१३ मा नेपालका वायु सेवा सञ्चालकहरुको अडिट गर्दा मापदण्ड पूरा भएको नपाएपछि बीबीसँगै सात वटा कम्पनीको वायुसेवा सञ्चालन अनुमति पत्र खारेजीमा परेका थियो।

images
प्रकाशित मिति :आषाढ ३२, २०७५ सोमवार - १४:३७:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend