Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

सरकारकोअधिनायकवादी चरित्रप्रति जनसम्पर्क समिती जापानको ध्यानाकर्षण

सरकारकोअधिनायकवादी चरित्रप्रति जनसम्पर्क समिती जापानको ध्यानाकर्षण

सतीश चापागाईं

२६, श्रावण २०७५
images
बिश्वबन्धु भण्डारी जापान नेपाली जनसम्पर्क समिती जापानले एक बिज्ञप्ती जारी गरि देशमा सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गरेको प्रति गम्भिर ध्यानआकर्षण भएको जनाएको छ। सभापति लालवहादुर केसी(रोशन)ले हस्ताक्षर गरेको बिज्ञप्तीमा सर्वसाधारण नागरिकलाई सपना मात्रै देखाएर पिडामा बाँच्न बाध्य वनाउने सरकारको नियतको कारण देशका जल्दावल्दा समस्या समाधान गर्नुको सट्टा सरकारले अधिनायकवादी चरित्र प्रदर्शन गर्न खोजेकोमा गम्भिर ध्यानआकर्षण भएको उल्लेख गरिएको छ , मुलुकको शिक्षा र स्वाथ्यका क्षेत्रमा व्याप्त बिकृति र विसंगति हटाउन डा. गोविन्द केसीले गरेको अनशनप्रति सरकारले गरेको बेवास्ता अधिनायकवादको एक नमूना हो भन्दै गोविन्द केसीको अनशनप्रति सो समितिले ऐक्यवद्धता व्यक्त गरेको छ । जनताले शान्तिपूर्ण रुपमा आफ्नो विचारहरु राख्न पाउने आफ्नो अधिकारप्रति पनि सरकारले धावा बोलेको र शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा हस्तक्षेप गरी नागरिकका टाउकामा लाठी वर्षाउने काम गरेकोले यो सरकार अधिनायकवादको एक नमूना नै बनेको उक्त समितिको भनाई छ । चिकित्सा विषय पढ्न बंगलादेश पुगेका नेपाली विद्यार्थीप्रति आपत्तिजनक भनाई राख्ने कानुनमन्त्रीले राजीनामा दिएको भए पनि झनै आपत्तिजनक कुरा गर्दै आएको चिकित्सा शिक्षाको ब्यापारी तथा माफिया दुर्गा प्रसाईंमाथि महिला हिंसाको कानुन बमोजिम जतिसक्दो चाँडै कारबाही गर्न पनि उक्त समितिले माग गरेको छ, वर्तमान सरकारले जनविरोधी काममात्र गरेको, नागरिकको पक्षमा कुनै पनि काम नगरेको, यातायात क्षेत्रमा सिन्डीकेट हटाउने भनी हल्ला गरेपनि कायमै राखेको र देशको भन्दै सरकारलाई जनताको पक्षमा काम गर्न र निर्वाचन अघि भनिएजस्तै समृद्ध नेपाल निर्माणको अभियान थाल्न पनि आग्रह गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २०:२४:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend