Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

सतीश चापागाईं

२६, श्रावण २०७५
images
दया काफ्ले कुबेत नेपालको सर्लाही जिल्ला स्थायी घर भएका गुण बहादुर सुनुवारको कुवेतको समय अनुसार सनिबार दिउँसो १२ बजेर ४० मिनेट जाँदा हृदयघातका कारण असामयिक निधन भएको हो। लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा काम गर्दै आएका सुनुवारलाई बिहानैदेखि अस्वस्थ महसुस गर्दै मेडिकल जान बाहिर निस्केको बेला उनको निवास नजिकै रोडमा लडिरहेको अवस्थामा कुवेत पुलिसले फेला पारी कुवेतको अदान हस्पिटलमा पुर्‍याको र अस्पताल पुर्याए लगत्तै डाक्टरले मृत घोषणा गरेको उनका साथीले बताएका छन्। उनी सुनुवार सेवा समाज कुवेतका अध्यक्ष समेत रहेका थिए। स्वर्गिय सुनुवारको पार्थिव शरीर अहिले अदान हस्पिटलमा नै राखिएको भएतापनि आज केही बेरमा नै फर्वानिया रिफर गर्ने भएको जानकारी प्राप्त भएको छ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २०:३२:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend