Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

किन फेरियो स्याङ्जा सहयोग समाज युएईको तीज कार्यक्रम को पोस्टर , के रहेछ रहस्य ?

किन फेरियो स्याङ्जा सहयोग समाज युएईको तीज कार्यक्रम को पोस्टर , के रहेछ रहस्य ?

सतीश चापागाईं

२६, श्रावण २०७५
images
प्रकाश ढकाल , युएई स्याङ्जा सहयोग समाज युएईले यहि आउदो सेप्टेम्बर ०७ तारिक शुक्रबार का दिन वर दुबई स्थित अष्ट्रोरिया होटेलको क्लब एभरेष्ट मा तीज बिशेष साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । लोक दोहिरी गायक राजन कार्की र भुमिका गिरी आउने भनेको उक्त कार्यक्रममा अब राजन नआएर लोक दोहिरी गाक , लोक संस्कृती लाई ठूलो योगदान गर्ने चर्चित लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने र भुमिका गिरी आउने भएका छन । नेपाल बाट लोक दोहोरी गायक राजन कार्की तथा चर्चित लोक दोहोरी गायिका भुमिका गिरी आउने भनिएको कार्यक्रम को पोस्टर फेरिदा दर्शक श्रोताहरुले आयोजकलाई प्रश्न गरेका छन । ~ स्याङ्जा सहयोज समाज युएईको तीज बिशेष सांस्कृतिक कार्यक्रम मा पहिला लोक दोहोरी गायक राजन कार्की आउने भनेर पोस्टर तथा न्युज आएको थियो तर अहिले एकाएक किन कलाकार फेरियो ?   समाजका अध्यक्ष खगेन्द्र गैह्रे भन्छन - सम्पुर्ण साथिहरुमा नमस्कार स्याङ्जा सहयोग समाज युएईको तीज बिशेष सांस्कृतिक कार्यक्रम २०१८ मा गायक राजन कार्की तथा लोक दोहोरी गायिका भुमिका गिरी आउने कुरा पक्का थियो , तर राजन कार्की ले सिधै धोका दिनुभयो, यसरी सरासर धोका दिनुहुन्छ सोचेका पनि थिएनौ , उहाँ ले जापान को कार्यक्रम को पनि प्रोसेस गर्नु भएको कुरा जानकारी थियो तर उहाँको १२ तारिक जापानको कार्यक्रम रहेको हुँदा कार्की जि ले म दुबई को कार्यक्रम सकेर ८ तारिक नेपाल आई जापान जानेछु भन्दा हामी पुरै भरोसामा थियौ तर उहाँले अहिले आउदिन भन्नुभयो ।उहाँले जापान को पनि स्याङ्जा समाज र युएईको पनि स्याङ्जा समाजकै कार्यक्रम भएपछी आयोजक हरुसँग एकपटक सोधेर मलाई एकपट्टि बोलाउनुहोस एकपट्टि लाई माफी चाहन्छु भन्न सक्नु पर्ने थियो त्यो भन्न सक्नुभएन । स्याङ्जा सहयोग समाजको तीज कार्यक्रम को पोस्टर फेरिएपछी सामाजिक सञ्जालमा आयोजकलाई दोष लगाउने कामहरु देखियो त्यसपछी राजन कार्की लाई सोधपुछ गर्दा राजन कार्की भन्छन - मेरो जापान को कार्यक्रम पनि प्रोसेस मा थियो , युएईको त फिक्स भएर भिषा समेत सँस्थाका महासचिब ओमकार पोख्रेल जि ले पठाईसक्नु भएको थियो , एक्कासी जापान को पनि भिषा लाग्यो अनि ७ तारिक नै जापान छिर्न पर्ने हुँदा दुबई को कार्यक्रम क्यान्सिल गर्नु परेको हो । के भन्छन अन्य कलाकार ? राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पँगेनी भन्छन - राजन जि ले त्यसो गर्नु भएको हो भने त्यो सरासर गलत हो , उहाँले त्यसो गर्न हुँदैन । आयोजक हरुले थोरै थोरै पैसा जम्मा गरेर हामी कलाकार हरुलाई स्थान दिनुहुन्छ , त्यो स्थानको हामी सदैब कदर गर्नु पर्छ । एक कलाकार ले गर्दा सबै कलाकारको नाम खराब हुन जान्छ । मैले एक पक्षिय कुरा सुनेर हुँदैन दुई पक्षिय नै सुन्नु पर्छ यदि उहाँले त्यसो गरेको हो भने समाजले उहाको लागि अहिले सम्म गरेको खर्च मागेमा उहाँले क्षतिपुर्ती दिनु पर्छ । लोक तथा दोहोरी गायिका भुमिका गिरी भन्छिन - कलाकार भएपछि सम्पुर्ण दर्शक श्रोताको मन मा बस्न सक्नु पर्छ , सबैलाई आफ्नै सम्झिनु पर्छ चाहे बिरोधी नै किन नहोस । कार्यक्रम को आयोजकले निम्तो दिएर आँफुले ओके गरेपछी अरु कुनै कार्यक्रम पाएपनी पहिलाको कार्यक्रमलाई धोका दिनु हुँदैन , अझै चाडपर्ब को बेलामा बिदेशको ठाउँमा कति धेरै लगानी गरेर हाम्रो संस्कृति जोगाउने आयोजक दाजुभाई दिदिबैनी तथा दर्शक श्रोता हरु हाम्रा लागि भगवान हुनुहुन्छ धोका दियो भने पाप लाग्छ , बरु आयोजक हरु सँग सोधेर उहाँ हरुले मान्नु भयो भने मात्र अर्को कार्यक्रम ताक्नु पर्छ नत्र दुई डुङ्गा मा खुट्टा हाल्नु हुँदैन , म राजन दाईलाई मात्र हैन सबैलाई यहि भन्छु । मेरो पनि जापानको कार्यक्रम छ यदि जापान को भिषा लागेर उक्त दिन कार्यक्रम जुध्यो भने मैले जापान क्यान्सिल गर्नु पर्छ त्यसैले मैले जापानका आयोजकलाई युएईको कार्यक्रमको बारेमा बताईसकेकी छु । लोक दोहोरी गायिका तथा कुशल कार्यक्रम सञ्चालिका शितल शर्मा भन्छिन - म पनि रुपेन्देही समाज को कार्यक्रममा युएई आउदै छु , उक्त कार्यक्रम कै दिन कुवेत बाट पनि मलाइ निम्तो आएको थियो तर पहिला दुबई को कार्यक्रम लाई ओके भनेपछी मैले कुवेतको निम्तोलाई स्विकार गरिन । यस बारेमा सामाजिक अभियान्ता तथा इनास युएई का कोषाध्यक्ष एम डी बोहोरा भन्छन - यो सरासर गलत हो, एक कार्यक्रम को लागि डन गरेपछी उहि दिनको अर्को कार्यक्रम को सुपारी लिनु हुंदैन , यदि सकिने भएमा मात्र लिनु पर्छ नत्र आयोजकहरुलाई कार्यक्रम नजुदाई दिन पहिले नै खबर गर्नु पर्छ । स्याङ्जा सहयोज समाज युएईको कार्यक्रम आउछु भनेर भिषा समेत हात पारिसकेका गायक राजन कार्की ठूलो पैसाको लोभमा यहाँको कार्यक्रम लाई लत्याएर अर्को देशमा हुन लागीरहेको कार्यक्रम मा जान खोज्नु मुर्खता साथै आफ्नो छवि गुमाउनु हो । उहाँ लाई सम्बन्धित पक्षले कारबाही गर्नु पर्दछ । नेपाली कलाकार समूह युएईका महासचिब नरेन सापकोटा यसो भन्छन - - एउटा तय मिति को सुपारी खाइसकेपछी सोही दिन कै अर्को सुपारी नचपाउनु पर्ने हो गन्तव्य मा पुग्नु छ भने एउटा डुङ्गा मा यात्रा गर्नु राम्रो हो । बिदेश मा कार्यक्रम आयोजना गर्न कति गारो हुन्छ नया कलाकार लाई सायद थाहा छैन होला देश का गहना भनेर मानिने कलाकार ले कसै को भर बिश्वास माथी खेलबाड गर्नु आपत्तिजनक विषय हो । भोलि अमेरिका बाट सोही दिनको लागि निमन्त्रणा आयो भने जापन को आयोजक लाई घात नहोला भन्न सकिँदैन राजन जि ले आफ्नो छवि आफै बिगार्नु भएको हो सायद दुई चार पैसा तल माथि भयो भन्दै मा आफ्नो पेशा मा आच आउने कदम चाल्नु पक्कै राम्रो होइन राजन कार्की उदाउदै गरेको कलाकार ले आफ्नो खुट्टा मा बन्चरो आफैले हान्नु भएको छ । अन्तमा , के भन्छन त स्याङ्जा सहयोग समाज युएईका महासचिव ओमकार पोख्रेल - स्याङ्जा सहयोग समाज युएईको आगामी सेप्टेम्बर ०७ तारिक शुक्रबार का दिन हुने तीज बिशेष सांस्कृतिक कार्यक्रम मा आउछु भनेर सुपारी लिनु भएको हो , त्यहि अनुसार उहाँ को भिषाको प्रोसेस गरि मैले उहाँलाई भिषा पठाईसके पश्चात् म आउन सक्दिन भनेर सिधै भन्नू भयो , यो उहाँ सबैभन्दा ठूलो गल्ती हो । एक ठाँउको कार्यक्रम को बाचा बाँधिसकेपछी अन्त लाई पनि ओके भन्न हुँदैन्थियो । हामी हाम्रो समाजलाई त क्षणिक नोक्सान होला तर उहाँको सांगीतिक भबिस्यमै ठूलो धक्का पुग्न सक्छ त्यो उहाँले सोच्नु पर्ने थियो । हामीले बिश्वास गरेका थियौ उहाँले बिश्वास तोड्नु भयो ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २२:५३:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend