Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

दोस्रो पटक कोरिया जानेहरुका लागि भाषा परीक्षा भदौ ८ गते

दोस्रो पटक कोरिया जानेहरुका लागि भाषा परीक्षा भदौ ८ गते

सतीश चापागाईं

२६, श्रावण २०७५
images
काठमाडौं – दोस्रो पटक रोजगारीका लागि कोरिया जान चाहनेका लागि भाषा परीक्षा भदौ ८ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि फेरि जान लिइने भाषा परीक्षाको मिति तोकिएको हो । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो । यसैबीच सन् २०१८ को भाषा परीक्षा पास गरेका कामदारको स्वास्थ्य परीक्षण भदौ ४ देखि ११ गतेसम्म इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । कामदारले मीनभवनमा रहेको निजामती अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलमा रहेको पाटन अस्पताल र थिमीको कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सक्ने खनालले जानकारी दिनुभयो । गए जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना पास भएका छन् । उज्ज्यालोमा खबर छ ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २३:१८:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend