शुक्रबार, २१ चैत २०७६
Fri, 2020-04-03
Open Nav

अर्थमन्त्रीद्धारा लगानीका प्रस्ताव परित गर्न विश्वबैकसंग अनुरोध

२७ श्रावण २०७५, आईतवार अर्थमन्त्रीद्धारा लगानीका प्रस्ताव परित गर्न विश्वबैकसंग अनुरोध

बिष्णु शर्मा
बाल्टिमोर अमेरिका ७ अगस्त

नेपाल र विश्वबैकको नेपाल सहयता सम्बन्धी उच्चस्तरीय बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी पाँच वर्षका लागि गरिने लगानीको ढाँचा प्रस्ताव पारित गर्न अनुरोध गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले नेपालको विकास साझेदारी खाका सम्बन्धी विश्व बैंकका कार्यकारी निर्देशकहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै नेपालमा विकासका चुनौति र अवसरहरुको चर्चा गर्नुभएको थियो ।

अगस्त ६ देखि ९ सम्म चल्ने यस बैठकमा अर्थमन्त्री खडिवडाले नेपाललाई अगाडि सन् २०२२मा अतिकम विकसित राष्ट्बाट स्तोन्नती गर्न विभिन्न क्षेत्रमा थप सहयोगको आवश्यकता रहेको जनाउँदै सन् २०३० सम्म मध्यस्तर आय भएका मुलुकका रुपमा स्तरोन्ती हुने दीर्घकालिन सोच राखी दीर्घकालिन सोच एवं प्राथमिकता तोकेर अघि नेपाल अघि बढेको छ भन्नुभयो । यस बैठकका विश्व वैंकका कार्यकारी निर्देशकहरुले स्थानीय निकार्यको क्षमता, नेपाको विकास मार्ग चित्र, विकासका प्राथमिकता, सुधारको सुनिश्चिता राजश्वको दीगोपनलगायतका विषयमा जिज्ञासा राखेका थिए ।
साथै, अर्थमन्त्री खतिवडा र विश्व बैंकका दक्षिण एशियाका क्षेत्रीय उपाध्यक्ष हार्टविग सेफरसँगको भेटमा नेपलका आर्थिक र सामाजिक क्षेत्रमा विशेषतःपूर्वाधारमा ठूलो लगानीको आश्वयकता रहेको औल्याउनु भएको दुतावासद्धारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।

त्यसैगरी सेफरसागले नेपालको ऊर्जा, यातायतलगायकका पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ । विश्व वैंकका ऊर्जा र वित्तीय कोषका निर्देशकसँगको भेटमा अर्थमन्त्री खतिवडाले लगानी मैत्री वातावरण सिर्जना गर्न सरकारको प्रतिवद्धता जाहेर गर्नुभयो ।

अमेरिका लागि नेपालका राजदूत डां अर्जुन कार्की एवं अर्थ मन्त्रालय बैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल सहभागी हुनुहुन्थ्यो ।

तस्वीर: नेपाली राजदूतावास

यो पनि पढ्नुहोस :   ईन्जा सामुदायिक पत्रकारिता पुरस्कारका लागि आवेदन आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रा सहकार्य