Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

काेराेना अपडेट : थप ९ जनाको मृत्यु

काेराेना अपडेट : थप ९ जनाको मृत्यु

Nepal Desk

२०, भाद्र २०७७
images
काेराेना अपडेट :  थप ९ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी दिए ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २८० पुगेको छ। यस्तै, शनिबार नेपालमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रवक्ता डा. गौतमका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २७ हजार १२७ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार शनिबारमात्रै कोरोनालाई जितेर १५६६ जना घर फर्किएका छन्।

images
प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १७:२३:२२ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend