Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अर्जुन पाण्डेको कविता : जिन्दगी

अर्जुन पाण्डेको कविता : जिन्दगी

Nepal Desk

११, आश्विन २०७७
images
अर्जुन पाण्डेको कविता : जिन्दगी


सिकाईन्छ वा सिकिन्छ
यो भ्रमको जिन्दगी
आँखै अगाडि आफैले देखेको
सत्य पनि असत्य हुन्छ
असत्य पनि सत्य हुन्छ

धर्मले छोडेको बिज्ञानले रोजेको
बिज्ञानले रोजेको धर्मले छोडेको
थाहा छैन आफू कस्ले छोडेको
कस्ले रोजेको?

समिपमा सधै सबै अभिनय गर्छन्
मन मस्तिष्क राम्रै व्यबहारले भर्छन्
भ्रम र बास्तबिकता दुबैका
प्रमाणहरु छन् अगाडि पछाडी
मानबता बिरोधी खनिएका
दर्जनौं खाडलहरु

बिछ्याइएका करोडौं जाल्झेलहरु
यिनै प्रमाणहरु न मेटिने ,
वास्तविक प्रमाणहरु हुन
तर बुझेर हो वा नबुझेर
डरमा हो वा लोभमा
एउटा खुट्टाले धर्म कुल्चिएर
अर्को खुट्टाले बिज्ञान कुल्चिएर
दुबै हात निर्धक्कका साथ
सस्कृती ,प्रकृति ,मानबता
बिरोधिको रुपमा उठाइरहेको छु
मान्छे नामको प्राणी भएर।

हाल : दक्षिण कोरिया

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०९:१७:०१ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend