नेपाली काग्रेस तरूण बिभाग अमेरिका शाखाद्वारा नेपाली काग्रेसका नेता आमन्त्रित केन्द्रिय सदस्य तथा नेपाली जनसम्पर्क समिती अमेरिकाका सभापती आनन्द बिष्टको प्रमुख आतिथ्यतामा अमेरिकाको न्यु योर्कमा बिशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जन सम्पर्क समितीका उपाध्यक्ष केशब बराल, जन सम्पर्क समिती अमेरिका पुर्ब संयोजक बिष्णु सुबेदी, जन सम्पर्क समिती अमेरिका महासचिव मुनिन्द्र नेम्बाङ, नेपाली जनसम्पर्क समिति अमेरिका सचिव भोजराज थोकर, केन्दीय सदस्य, सुभाष लामा, जन सम्पर्क समिती अमेरिका मिडीया कोअडिनेटर तथा केन्द्रिय सदस्य गौतम दाहाल, जन सम्पर्क समितीका सल्लाहकार कृष्ण विष्ट, महिला नेत्री श्रीमती ईन्दिरा बिष्ट, एनआरएन एनसिसिका पुर्ब संरक्षक नबिन शेरचन, एनआरएन आइसिसिका सदस्य संजीव श्रेष्ठ समेतले बोल्नु भएको थियो।
नेता बक्ताहरुले बर्तमान अवस्थामा जनसम्पर्क समितिले गरेका राम्रा कामहरुको प्रशंसा गर्नु भएको थियो। जनसम्पर्क समिति अमेरिकाका यति धेरै नेताहरु लामो समयपछि एकै मंचमा सहभागी हुनुभएको हो।
कार्यक्रममा एनआरएनका अभियन्ता पुर्ब न्यूयोर्क च्याप्टरका महासचिव महेश खडका, एनआरएन न्यूयोर्क च्याप्टरका अध्यक्ष आङ छिरिङ् शेर्पा, सुदर पश्चीम समाजका अध्यक्ष राम बहादुर देउजा, चितबन समाजका उपाध्यक्ष कृष्ण गुरुङ, कास्की समाज अमेरिकाका महासचिव किसोर रेग्मी र सामाजीक अभियन्ता माधब जोशी लगायतका अन्य सामाजीक, अभियन्ता नेपाली काग्रेसका अभियन्ता, एनआरएन अभियन्ताहरूको बाक्लो उपसिथितीमा समसामयीक राजनीतिक अवस्थाको बारेमा, नेपाली काग्रेसको १४औ महाधिवेशन, जन सम्पर्क समितीको आउदै गरेको अधिवेशनको बिषयहरूमा वक्ताहरूले बोल्नु भएको थियो।
यसै कार्यक्रमको लागी नेपाली काग्रेस केन्द्रिय सदस्य, पुर्बमन्न्री एवं तरूण बिभाग प्रमूख शंकर भण्डारीले नेपालबाट लिखित संदेश पठाउनु भएको थियो। साथै, पासाङ नोर्बू शेर्पा केन्दीय सदस्य एवं संयोजक केन्दीय तरूण बिभाग र शंकर प्रसाद न्यौपाने, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि केन्द्रिय सदस्य, नेपाली कांग्रेस तरुण बिभाग सह-सँयोजक, बिदेश समन्वय समितीका यस कार्यक्रमको सफलताको शुभ कामना संदेश पठाउनु भएको थियो।
यस कार्यक्रम सफल बनाउन अहोरात्र खट्ने सबैलाई तरूण बिभागको अमेरिका शाखाका प्रमुख शिब बानीयाले धन्यवाद ब्यक्त गर्नुभयो। कार्यक्रमको सभापतित्व शिब बानीयाले नै गर्नु भएको थियो।