एनआरएनए अमेरिकाका निबर्तमान अध्यक्ष तथा आईसीसीको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका सूनील साहले आईसीसीको बर्तमान समस्याको समाधानका लागि गोलाप्रथाबाट प्रतिनिधि चयन गर्नुपर्ने विचार अगाडी सारेका छन ।
साहले आफ्नो वेबसाईट सूनीलसाहडटओआरजी (suneelsah.org) मार्फत यो धारणा सार्बजनिक गरेका हुन । योवेबसाईट साहको आफ्नै व्यक्तिगत वेबसाईट हो ।
‘रिबुट एनआरएनए’ नाम दिएर साहले यो प्रसंगलाई आफ्नो वेबसाईटमा राखेका छन । “धेरै माथापच्ची भयो । अब लडाईधेरै भयो भने हामी कहिं पुग्दैनौ ।” साहले भने, “नयां उपाय खोज्ने बेला भयो । त्यसैले मैले प्रतिनिधिमा गोलाप्रथा बिधिअपनाउने मध्यमार्गी उपायको अबधारणा सार्बजनिक गरेको हुं।”

यो अबधारणा अनुसार सबै एनसीसीहरुमा एनआरएनएका पंजिकृत सदस्यहरुको बीचबाट चिठ्ठा गरेर प्रतिनिधि सेलेक्सन गरिने साहले बताए। “योपटकको लागि अहिलेम्मका सबै प्रक्रिया फेल भइसकेकोले अब संसारभरका एनसीसीबाट प्रतिनिधी चुन्ने फ्रेस प्रक्रियाशुरु गर्नुपर्छ ।” उनले भने । चिठ्ठा कसरी गर्ने भन्ने बिषयमा पनि सर्बसम्मत बिधी तय गरिने साहले जानकारी दिए ।आवश्यक परे यसको लागी संयोजन गर्न र कार्यान्वयन प्रक्रियामा सहजीकरण गर्न आफू तयार रहेको साहले बताए।
“चिठ्ठा प्रक्रिया आफैमा गलत होईन, डिभी लोटरी भन्नुस या एच वान भिसाका मानिसलाई ग्रिन कार्ड दिन होस अमेरिकाले यहि बिधी अपनाउने गर्दछ । यो आफैमा फेयर सिष्टमा हो । बिशेषगरी मासबाट प्रतिनिधी खोज्नका लागि !” चिठ्ठा सिष्टमका बारेमा साहले भने ।

एनआरएनएको विधानले त यस्तो प्रक्रियाको कल्पना समेत गरेको छैन नी भन्ने प्रश्नमा साह भन्छन, “विधान मै लेखेका, कल्पना गरिएका र गर्न सकिने सबै विधीले फेल खाईसक्यो । हामी कुहिराको काग झै अन्यौलतामा बसिरहन कहां सक्छौं? यो बिधी सधैका लागि होईन, यो पटकका लागि अत्यावश्यक छ ।”
एनआरएनए आईसीसीको अधिवेशन भैसकेर नयां कार्य समितिले काम गर्नुपर्ने यो बेलामा केही एनसीसीका प्रतिनिधीविवादका कारण अधिवेशन प्रक्रिया अचानक अन्यौलमा परेको छ । यहि सन्दर्भमा उपाध्यक्ष पदका उमेद्वार समेत रहेका साहको यो वैकल्पिक उपायलाई एनआरएनएलाई बैतर्णी तार्ने उपायका रुपमा पनि लिन थालिएको छ ।
विभिन्न देशका एनसीसीहरुले आईसीसीको अधिवेशनका लागि पठाउने प्रतिनिधि छनौटको प्रक्रियामा अनियमितता गरेकोभन्ने आरोप लागेको छ । साथै ती प्रतिनिधीहरुलाई हटाएर नयां प्रतिनिधी छनौट गर्न माग गरिएको छ । जुन अति नैविवादास्पद र चुनौतीपूर्ण देखिन्छ ।
