Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मस्कको योजना फेरी असफल, स्टारसिपको अर्को रकेट पड्कियो

मस्कको योजना फेरी असफल, स्टारसिपको अर्को रकेट पड्कियो

नेप्लिज डायस्पोरा

३, मंसिर २०८०
images
मस्कको योजना फेरी असफल, स्टारसिपको अर्को रकेट पड्कियो

एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सको स्टारशिप सुपर हेभी रकेट फेरि पनि पड्किएको छ ।

शनिबार दोस्रो पटक रकेट प्रक्षेपणको प्रयास असफल भयो । पहिलो परीक्षण उडान विस्फोट भएको ७ महिनापछि कम्पनीले शनिबार बिहान प्रक्षेपणको अर्को प्रयास गरेको थियो । तर प्रक्षेपण गरेको केही बेरमै विमान अलप भएर सञ्चार गुम्यो ।

रकेट बुष्टरबाट सफलतापूर्वक छुट्टिएको थियो । सुरुमा बुष्टर पड्कियो । रकेड आकाशतर्फ उडी नै रहेको थियो । तर ६ मिनेटपछि स्टारशिपले सङ्केत पठाउनै छाड्यो अनि केही बेरमै रकेट पड्कियो । रकेट किन पड्कियो भन्ने स्पष्ट छैन । पड्किनु अघि रकेट कति माथिसम्म पुगेको थियो भन्ने पनि थाहा भएको छैन । यद्यपि, स्टारशिप समुद्री सतहबाट ६२ माइल नाघेको हुन सक्ने बताइएको छ । 

images
प्रकाशित मिति :मंसिर ३, २०८० आइतवार - २०:५५:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend