पर्बत समाज अमेरिकाले यहि अप्रिल ८ र ९ गते अन्तर राज्य खुला भलिबल प्रतियोगिता गर्ने भएको छ । समाजका अध्यक्ष रविन शर्माले यो जानकारी दिनुभएको हो ।
अहिले विभिन्न राज्यहरुबाट भलिवल टिमहरु दर्ता गर्ने काम भईरहेको बताईएको छ । अहिलेसम्म १० राज्यहरुका १२ टिमले दर्ता गरिसकेका छन् ।
प्राप्त टिमहरुलाई राखेर यहि सोमबार खेलको टाई सिट सार्बजनिक गरिने संस्थाका बरिष्ठ उपाध्यक्ष प्रबिण भण्डारीले जानकारी दिनुभयो ।
खेलको उद्घाटन र समापनमा नेपालको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्नुहुने कार्यक्रम रहेको आयोजकले बताएका छन् ।
प्रतियोगीतामा प्रथम हुनेलाई ५ हजार ५ सय ५५ डलर र द्वितिय हुनेलाई ३ हजार ३ सय ३३ डलरको पुरस्कार राखिएको छ ।
खेलको मुख्य प्रायोजक बाल्टिमोरको नमस्ते नेपाल रेष्टुरेन्ट रहेको छ ।