रोशन बहादुर सिंह
अमेरिका
‘ग्रेट अफ अलटाइम’ भनेर चिनिएका अर्जेन्टिनी स्टार फुटबलर लियोलन मेस्सी जहाँ गएपछि चर्चा नहुने कुरै भएन । उनको आम्दानी, जीवनशैली, परिवार, उनले लगाउने कपडा, खानेकुराका बारेमा उनका समर्थकले खोजिखोजि हेर्ने गर्छन । करियरको डेढ दशक जति स्पेनीस क्लब बार्सिलोनामा बिताएका मेस्सी त्यसपछि फ्रेन्च क्लब पीएसजीमा गएका थिए । बार्सिलोना छोड्ने चर्चा भएदेखि पिएसजीसँगको सम्झौताका बेलासम्म उनको एक एक समाचार मुख्य समाचार हुने गरेकोथियो ।
पिएसजीमा अनुबन्ध भएपछि बार्सिलोनामा जुन हाइटमा उनी थिए, त्यसलाई कायम नै राखे । उनी पिएसजीमा अुनबन्धभएपछि क्लबको आम्दानी पनि बढेको थियो । कतारी लगानी रहेको पिएसजीमा अनुबन्ध भएको एक बर्षपछि मेस्सी केहि निरास बनेका थिए । कारण उनको क्लबका केहि पदाधिकारीसँग खुसी थिएनन् । उनका मिल्ने साथी नेयमार पनि सोहि क्लबमा भएपनि उनी चोटका कारण धेरै समय मैदान बाहिर हुने गरेका थिए । तर मेस्सीको नामले पिएसजीको जर्सी खरिदगर्नेको संख्या एकाएक ह्वात्त नै बढ्यो । जसका कारण क्लवले आफ्नो आउटलेटहरुको संख्या पनि बढाएको थियो ।
अब मेस्सीको यात्रा अमेरिकी फुटबलमा पुगेको छ । इंग्ल्याण्डका पूर्व स्टार डेविड बेकह्यामको लगानी रहेको इन्टर मायामीले मेस्सीलाई अनुबन्ध गर्ने चर्चा चलेसँगै अमेरिकी फुटबलमा चासो राख्नेको संख्या बढेको थियो ।
जुलाई १६ मा आधिकारिक रुपमा मेस्सीलाई इन्टर मायामीले अनुबन्ध गरेर सार्वजनिक गरेको थियो । त्यसपछि अमेरिकी फुटबलमा मेस्सीको जादु देखिएको छ । जुन तथ्यांकले पनि बताउछ ।
मेस्सी इन्टर मायामीमा अनुबन्ध भएपछि मेजर लिग फुटबलको सोसियल मिडियामा समर्थकहरु एक हजार गुणा बढेका छन । मेस्सी आउन अगाडी सामान्य रुपमा रहेका मेजर लिग फुटबलको सोसियल मिडिया उनी आएपछि ट्विटरमा ११२५ प्रतिशत, इन्टग्राममा ५१७ प्रतिशत र फेसबुकमा २४८८ प्रतिशतले समर्थक बढेका छन । जुन अझै बढ्ने क्रममा नै छ ।
सोसियल मिडिया भन्दा बाहिर पनि यो लिग हेर्नेको संख्या निकै बढेको छ । सन् २०२२ मा एपल टिभीले यो लिगसँग १०बर्षका लागि २ दशमलव ५ बिलियन डलर प्रशारणको सम्झौता गरेको थियो । जसमा एक बर्ष खासै फाइदा लिन नसकेको एपलले मेस्सी आएपछि च्यानल सस्क्राइब गर्ने संख्या ह्वात्तै बढेको छ ।
इन्टर मायामी टिम आफैपनि यसअघिका सिजनमा र यो सिजनको बिचसम्म खासै राम्रो गर्न सकेको थिएन । यो सिजनमा मेस्सी अनुबन्ध हुन अगाडी इन्टर मायामीले २२ खेलमा १८ अंकमात्र जोडेको थियो । तर मेस्सी अनुबन्ध भएपछि टिमले लिगको उपाधि नै जित्न सफल भयो । मेस्सीले लिगमा तीन खेलमा प्रहार गरेको फ्रिकिक निकै भाइरल भएका थिए । यतिमात्र होइन, मेस्सीले इन्टर मायामीमा डेब्यु गरेको खेल नै करिव दुई मिलियनले हेरेका थिए । जुन आफैमा इतिहास हो। यसअघि बेकह्यामको खेललाई एक दशमलव पाँच मिलियनले हेरेका थिए । अहिले मेस्सीले सो रेकर्ड बेकह्यामकै टिममा आएर तोडेका छन ।
मेस्सीलाई अनुबन्ध गरेपछि ठूलो आशा राखेको इन्टर मायामीको सो आशामा मेस्सी खरो रुपमा उत्रिए । उनले टिम रेलिगेसनको संघारमा रहेका बेला माथि ल्याएर च्याम्पियन नै बनाए ।
इन्टर मायामी र डालास बिचको खेल यो सिजनको सर्वाधिक धेरै हेरिएको र निकै रोमाञ्चक खेल मानिएको छ । यो खेलमा मेस्सीकै गोलका कारण इन्टर मायामीले डालासलाई अन्तिम समयमा पेनाल्टीमा हराएको थियो । जसमा मेस्सीले अन्तिम समयमा उत्कृष्ठ फ्रि किक प्रहार गरेका थिए ।
अगष्ट ६ तारिखमा भएको यो खेलका टिकटहरु बिक्रि खुल्ला भएको केहि मिनेटमा नै बिक्रि भएका थिए । जम्मा १८ मिनेटमा २० हजार ५ सय टिकट बिक्रि भएका थिए । जसमा समर्थकले ६ सय डलरसम्म टिकटको मुल्य तिरेका थिए ।
यतिमात्र होइन, इन्टर मायमीको खेल हेर्नेका लागि सो क्लबका समर्थकले अरु बेला एक सय ५२ डलर तिर्ने गरेका थिए ।तर मेस्सी आएपछि क्लबको टिकटको दर नै एक सय ५२ बाट ८ सय ५० डलर पुगेको थियो । जुन चार सय ५९ प्रतिशतले बढेको हो ।
मेस्सीले औशत भन्दा तलको प्रदर्शन गरिरहेको क्लब इन्टर मायामीलाई एकाएक शिखरमा पुर्याएका छन । यो सिजनपछि इन्टर मायामी विश्व बजारमा पनि चासोका साथ हेरिन थालेको छ । जसमा मेस्सी नै मुख्य पात्र हुन ।
मेस्सीले इन्टर मायामीलाई मात्र माथि उठाएका छैनन्, पुरै अमेरिकी फुटबललाई माथि उठाउने काम गरेका छन । यतिबेला इन्टर मायामी सोसियल मिडियामा सर्वाधिक फलो गरिने क्लब बनेको छ । उसले एनबीए र एफएल फ्रेन्चाइजीलाई पनि पछि पारेको छ ।
आर्थिक रुपमा हेर्ने हो भने मेस्सीलाई अनुबन्ध गर्नका लागि साउदी अरेबियन क्लबले १ दशमलव ६ बिलियन डलरको प्रस्ताव गरेको थियो । यस्तै उनकै पूर्व क्लब बार्सिलोनाले पनि निकै राम्रो प्रस्ताव गरेको थियो । तर सबैलाई उनले अस्विकार गरेर अमेरिका आउने निधो गरेका थिए । जुन उनका लागि निकै राम्रो निर्णय हुनसक्ने बताइएको छ । किनकी मेस्सीले एपल टिभीसँग छुट्टै सम्झौता गरेका छन । जसबाट पनि उनले क्लबबाट पाउनेभन्दा धेरै रकम पाउने बताइएको छ।