Logo

शनिवार, कार्तिक २२ गते २०८३   |   2026 November 07

images

images

सन्दिप एशिया कपका लागि सोमबार पाकिस्तान उड्ने

सन्दिप एशिया कपका लागि सोमबार पाकिस्तान उड्ने

नेप्लिज डायस्पोरा

१०, भाद्र २०८०
images
सन्दिप एशिया कपका लागि सोमबार पाकिस्तान उड्ने

एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान जाने निश्चित भएको छ ।

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दूर्गाराज पाठकले सन्दीप सोमबार बिहान ११ बजे पाकिस्तान उड्ने बताए । सोमबार बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट सन्दीप पाकिस्तानका लागि उड्नेछन् ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।

एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान पुगेपनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

images
प्रकाशित मिति :भाद्र १०, २०८० आइतवार - १८:५८:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend