रोशनबहादुर सिंह
साथी बाल्टिमोरको आयोजनामा हुने साथी कप क्रिकेट प्रतियोगिताको ट्रफी तथा जर्सी सार्वजनिक गरिएको छ । शनिबारबाट हुने प्रतियोगिताको उपाधि जित्ने टिम र उपविजेताले पाउने ट्रफी सार्वजनिक गरिएको हो ।
बाल्टिमोरमा आयोजना भएको कार्यक्रममा साथी कपको ट्रफी र टीमहरुको जर्सी सार्वजनिक गरिएको हो । पाँच हजार डलर पुरस्कार राशी रहेको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ । जसमा पहिलो दिन दुई खेल हुनेछन ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन लिग चरणका खेल हुनेछन जसमा पहिलो दिन ६ वटा खेलहरु हुनेछन । आयोजकले सहभागी १२ टिमलाई चार समुहमा विभाजन गरेका छ । जसमा लिग चरणमा हरेक समुहमा शिर्ष स्थानमा रहने टिमले सेमिफाइनलमा प्रवेश गर्नेछन ।
अनेस्ट रियल स्टेट र स्टिम बिल्डर्सको मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले ५ हजार डलर पाउँदा उपविजेताले तीन हजार डलर पाउनेछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लिग चरणका खेलहरु दुई वटा मैदानमा हुनेछ । हावार्ड काउन्टीमा रहेको स्कोले मिल पार्कमा हुने प्रतियोगिताका लागि सबै टिमहरु बाल्टिमोर पुगिसकेका छन ।
साथी बाल्टिमोरले यसअघि आयोजना गरेको दुई संस्करणको च्याम्पियन एभरेष्ट लायन्स रहेको छ । यो पटक उसलाई उपाधिमा ह्याट्रिक गर्ने अवसर रहेको छ भने नयाँ टिमपनि पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन ।
प्रतियोगिताको पहिलो दिन हन्टर्स ब्याईज र बाल्टिमोर एथ्लेटिक क्लब, बोस्टन अलस्टार्स र फार वेष्र्टन क्रिकेट क्लब, साथी बाल्टिमोर क्रिकेट क्लब र ह्यारिसबर्ग गुर्खाज, विनचेन्टर युनाइटेड र बोस्टन अल स्टार्स ब्लु बिच खेल हुनेछ ।
पहिलो दिन नै बाल्टिमोर एथ्लेटिक क्लब र आफ्नो दोस्रो खेलमा मेरिल्याण्ड क्र्याबसँग खेल्नेछ भने फारवेष्र्टनले हिमालयन किंग्ससँग खेल्नेछ । प्रतियोगिताको दोस्रो दिन अर्थात आइतबार पनि लिग चरणका खेल हुनेछन । सोमबार सेमिफाइनल र फाइनल हुनेछ ।