Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

बर्षाले भारत र पाकिस्तानको खेल रद्द, पाकिस्तान सुपर फोरमा

बर्षाले भारत र पाकिस्तानको खेल रद्द, पाकिस्तान सुपर फोरमा

नेप्लिज डायस्पोरा

१६, भाद्र २०८०
images
बर्षाले भारत र पाकिस्तानको खेल रद्द, पाकिस्तान सुपर फोरमा

पाकिस्तान र भारतबीचको एसिया कपको खेल निरन्तरको वर्षाका कारण रद्द भएको छ ।

श्रीलंकाको क्यान्डीमा रहेको पालेकेले क्रिकेट स्टेडियममा शनिबार खेल रद्ध भएसँगै पाकिस्तान समूह ए मा ३ अंकका साथ सुपर फोरमा पुगेको छ ।


टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो ।


भारतका लागि ईशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय ईनिङ खेले ।


एक समय १४.१ ओभरमा ६६–४ को कमजोर अवस्थामा रहेको भारतलाई किशन र पान्ड्याले पाँचौं विकेटका लागि शतकीय साझेदारीका साथ खेलमा फर्काएका थिए ।
पान्ड्याले ९० बलमा ७ चौका र १ छक्काको सहयोगमा ८७ रन बनाए ।
किशनले ८१ बलमा ९ चौका र २ छक्काको सहयोगमा ८२ रन बनाए ।
जसप्रित बुमराहले १६ तथा श्रेयस अय्यर र रविन्द्र जडेजाले समान १४/१४ रन बनाए ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रउफ र नसिम शाहले समान ३/३ विकेट लिए ।
पाकिस्तान यस खेलमा अंक बाडेसँगै सुपर फोरमा स्थान बनाउने पहिलो टोली बनेको छ ।
सोमबार नेपाल र भारतबीच खेल हुनेछ । उक्त खेलको विजेता टोलीले सुपर फोरमा स्थान बनाउनेछ ।
यदि वर्षाको कारण अंक बाँडेको खण्डमा भने भारत सुपर फोरमा पुग्नेछ । नेपालले भारतलाई हराए सुपर फोरमा स्थान बनाउनेछ ।

images
प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - २३:३७:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend