Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

एशिया कप क्रिकेट‍- श्रीलंका जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

एशिया कप क्रिकेट‍- श्रीलंका जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

रोशनबहादुर सिंह

१७, भाद्र २०८०
images
एशिया कप क्रिकेट‍- श्रीलंका जाने नेपालीको संख्या ह्वात्तै बढ्यो

नेपाली क्रिकेट टिम एशिया कपका लागि अहिले श्रीलंकामा रहेको छ । पहिलो पटक एशिया कप खेलिरहेको नेपाली टिम भारत र पाकिस्तान जस्तो उत्कृष्ट टिमसँग खेलिरहेको छ । आफ्नो समुहको पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको नेपालले दोस्रो खेलमा भारतसँग खेल्ने तालिका छ । नेपाली टिमले विश्व चर्चित भारतीय खेलाडीसँग खेलेको हेर्नका लागि जो कोहि पनि लालायित हुन्छन । त्यसमा पनि प्रत्यक्ष मैदानमा पुगेर हेर्न पाउँदाको खुसी बर्णन गर्न नै सकिदैन । यस्तैमा नेपालबाट पनि भारत र नेपालको खेल हेर्नका लागि पछिल्लो पटक निकै समर्थक गएका छन ।

आइतबार मात्र राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछाने श्रीमतीसहित श्रीलंका उडेका थिए । त्यसअघिपनि धेरै समर्थक श्रीलंका पुगिसकेका छन । एशिया कपमा नेपालले भारतसँग खेल्ने निधो हुने बितिक्कै धेरै समर्थक श्रीलंका जाने मनसाय बनाएका थिए । त्यसमा केहि पुगिसकेका छन । नेपालबाट श्रीलंका जानका लागि केहि सहजपनि छ । सिंगापुरमा जस्तै श्रीलंकामा पनि अनअराइभल भिषा पाइन्छ भने पहिले नै भिषा लिएर जानपनि सहजै सकिन्छ । त्यसमा पनि एशिया कपका बेला भिषा पाउनका लागि त्यति कठिन हुँदैन ।

एशिया कपका बेला श्रीलंकाले पनि धेरै भन्दा धेरै विदेशी पर्यटक भित्र्याएर आर्थिक रुपमा फाइदा लिन चाहिरहेको छ । एशिया कपका लागि नेपालसँगै, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तानबाट समर्थकको आइरो नै लागेको छ ।

यहि प्रतियोगिताको मौका पारेर श्रीलंका घुम्न पनि हुने क्रिकेट पनि हेर्न पाइने भनेर नेपालबाट मात्र साँढे तीन सय नेपाली गएका छ । त्यसमा डेढ सयको हाराहारीमा महिला र दुई सयको हाराहारीमा पुरुष रहेका छन । अध्यागमन विभागका एक पदाधिकारीका अनुधार भदौ महिनाको १५ दिनमा नेपालबाट श्रीलंका जानेको संख्या तीन सय ५१ पुगेको जसमा एक सय ४६ महिला र दुई सय पाँच पुरुष रहेको बताएका छन ।

यो आँकडा साउनको पुरै महिनाको भन्दा धेरै भदौको १५ दिनको हो । भदौ महिनामा दैनिक श्रीलंका जानेको संख्या औसतमा करिव २० प्रतिशत रहेको छ । नेपालको खेल हेर्ने निउमा श्रीलंका जानेको संख्या ह्वात्तै बढेको देखिएको छ ।

 

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - २०:४२:११ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend