Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

भारतविरुद्ध छक्का र विकेट लिएमा एक लाख पुरस्कारको घोषणा

भारतविरुद्ध छक्का र विकेट लिएमा एक लाख पुरस्कारको घोषणा

रोशनबहादुर सिंह

१७, भाद्र २०८०
images
भारतविरुद्ध छक्का र विकेट लिएमा एक लाख पुरस्कारको घोषणा

नेपाली खेलकुदमा कुनैपनि ठूलो प्रतियोगितामा यति कुनै खेलाडी वा टिमको सहभागिता हुन लागेको छ भने त्यो अगाडी विभिन्न किसिमका पुरस्कारहरुको घोषणा गरिने गरेको छ । चाहे त्यो ओलम्पिकमा सहभागि हुँदा होस या एशियन गेम्स । दक्षिण एशियाली खेलकुद वा साफ च्याम्पियनसिपमा पनि नेपाली खेलाडीले सहभागिता गर्दा निजी क्षेत्रबाट पुरस्कार घोषणा निकै हुने गर्छन ।

यो पटक नेपाली क्रिकेट टिम एसिया कप खेलिरहेको छ । जसमा नेपालले समुहको दोस्रो खेलमा सोमबार छिमेकी देश भारतसँग प्रतिस्पर्धा गर्दैछ । यो खेलका लागि पनि यती ब्रुअरीको उत्पादन अर्ना बियरले टिमका खेलाडीले छक्का, चौका प्रहार गरे वा विकेट लिएको खण्डमा पुरस्कार दिने घोषणा गरेको छ ।

अर्ना बियरले फेसबुक मार्फत पुरस्कारको घोषणा गरेको हो । सो कम्पनीले कुनैपनि खेलाडीले ब्याटिङका क्रममा भारतविरुद्ध छक्का प्रहार गरेमा प्रत्येक छक्काको एक लाख रुपैयाँ पुरस्कार टीमलाई दिने बताएको छ । यस्तै कुनैपनि बलरले विकेट लिएको खण्डमा पनि टीमलाई एक लाख दिने र चौका प्रहार गरे २५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

एसिया कपको समुह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्दा भने कुनै पुरस्कारको घोषणा भएको थिएन । तर रोहित शर्माको टिम भारतसँग खेल्दा अर्ना बियरले यो घोषणा गरेको हो । पहिलो खेलमा नेपाल पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । अब दोस्रो खेलमा नेपालले भारतसँग श्रीलंकाको क्यान्डीमा रहेको पालेकेल क्रिकेट मैदानमा खेल्नेछ । जुन खेल अमेरिकी समय अनुसार सोमबार बिहान साँढे चार बजे सुरु हुनेछ ।

images
प्रकाशित मिति :भाद्र १७, २०८० आइतवार - २३:१९:२६ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend