Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

साथी कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, को को पुगे अन्तिम चारमा !

साथी कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, को को पुगे अन्तिम चारमा !

रोशनबहादुर सिंह

१८, भाद्र २०८०
images
साथी कप क्रिकेटको सेमिफाइनल समिकरण पुरा, को को पुगे अन्तिम चारमा !

रोशनबहादुर सिंह

साथी कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । जसमा बोस्टन अल स्टार्सका दुबै टिमले अन्तिम चारमा स्थान बनाएका छन । समुह 'सी' र 'डी' बाट शिर्ष स्थानमा रहदै बोस्टन अल स्टार्सका 'ब्लु' र 'ग्रिन' टिमले सेमिफाइनल यात्रा पक्का गरे ।

प्रतियोगिताको समुह 'ए' बाट हन्टर्स ब्याइजले सेमिफाइनलमा स्थान बनायो भने समुह 'बी' बाट ह्यारिसबर्ग गुर्खाज अन्तिम चारमा पुग्यो । यस्तै समुह 'सी' बाट बोस्टन अल स्टार्स 'ग्रिन' र समुह 'डी' बाट बोस्टनकै 'ब्लु' टिम शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगे ।

हन्टर्स ब्याइजले दुई खेलमा दुबैमा जित निकाल्दै चार अंकका साथ सेमिफाइनलमा पुग्यो । उसले समुह चरणमा मेरिल्याण्ड क्रयाब र बाल्टिमोर एथ्लेटिक क्लबलाई पराजित गरेको थियो ।

समुह 'बी' मा रहेका तीनै टिम हयारिसबर्ग, एभरेष्ट लायन्स र साथी बाल्टिमोरको समान दुई दुई अंक भएपनि रन रेटका आधारमा ह्यारिसबर्गले सेमिफाइनलको यात्रा पक्का गर्यो । दुई पटकको च्याम्पियन एभरेष्ट लायन्स समुह चरणमा नै रोकियो ।

समुह 'सी' बाट बोस्टनको ग्रिन टिमले दुई खेलमा दुबैमा जित निकाल्दै अन्तिम चारमा पुग्यो । उसले हिमालयन किंग्स र फार वेष्टर्नलाई हराएको थियो । उसकै ब्लु टिमले पनि दुई खेलमा दुबैमा जित निकालेको थियो । यसले युनाइटेड क्रिकेट टिम र विनचेस्टर युनाइेटलाई पाखा लगाएको थियो ।

अब सेमिफाइनलमा समुह 'ए' को बिजेता हन्टर्स ब्याइजले समुह 'बी' को विजेता ह्यारिसबर्गसँग खेल्ने छ भने दोस्रो सेमिफाइनलमा बोस्टन 'ब्लु' र 'ग्रिन' खेल्ने भएका छन । बोस्टनको एक टिम फाइनलमा पुग्ने पक्का भएको छ ।

यो प्रतियोगितामा अंकविहिन हुने टिममा विन्चेस्टर युनाइटेड फारवेष्टर्न टिम बने । समुह चरणका दुई खेलमा ५० रन भन्दा बढि रन बनाउनेमा एक खेलाडीको मात्र नाम रहेको छ । जसमा हिमालयन किंग्सका स्यान्डी थापाले दुई खेलमा ५३ रन बनाए । दोस्रो स्थानमा साथी बाल्टिमोरका नरेश केसी छन । उनले समुह चरणका दुई खेलमा ४७ रन बनाए ।

यस्तै समुह चरणमा धेरै विकेट लिने खेलाडीको सूचीमा फारवेष्टर्नका धन बडुवाल छन । उनले पहिलो दिन नै टिमका लागि खेलेका दुई खेलमा आठ विकेट लिएका थिए । दोस्रो स्थानमा निसान्त थापा र तेस्रो स्थानमा अनिल न्यौपाने छन । दुबैको सात सात विकेट छ । यस्तै अर्को सात विकेट लिने खेलाडीमा एभरेष्ट लायन्सका निर गुरुङ छन ।
अब सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर पाउने छ भने दोस्रो हुनेले तीन हजार डलर पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजक अनेस्ट रियल स्टेट र इस्टिम बिल्डर्स रहेको छ ।

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - ०४:४९:१५ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend