Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

क्रिकेट टीमको भब्य स्वागत

क्रिकेट टीमको भब्य स्वागत

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८०
images
क्रिकेट टीमको भब्य स्वागत

एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली स्वदेश फर्किएको छ।

विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली  स्वदेश फर्किन लागेको हो  । 

नेपाल क्रिकेट सङ्घ क्यानले स्वदेश फर्किएको टोलीलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको छ । बाजागाजासहित गरिएको स्वागतमा सशस्त्र प्रहरीको टोली,क्रिकेटका समर्थकहरुको पनि सहभागिता थियो । 

समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्व विजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आकर्षण गर्न सफल भएको थियो ।

पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रन तथा दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले यो स्तरको प्रतिस्पर्धामा आफूलाई उभ्याउनु आफैमा ऐतिहासिक भएको क्रिकेटरहरूले जनाएका छन् ।

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १६:११:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend