Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

कोहलीको मजाकः क्याच छोडेकोमा आफुले पनि एउटा मेडल पाउनुपर्ने

कोहलीको मजाकः क्याच छोडेकोमा आफुले पनि एउटा मेडल पाउनुपर्ने

नेप्लिज डायस्पोरा

२०, भाद्र २०८०
images
कोहलीको मजाकः क्याच छोडेकोमा आफुले पनि एउटा मेडल पाउनुपर्ने

राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले भारतीय खेलाडी विराट कोहलीले खेलपछि ड्रेसिङ रुममा मजाक गर्दै क्याच छोडेकामा आफुले पनि एउटा मेडल पाउनुपर्ने भन्दै ठट्टा गरेको बताएका छन् ।

खेलपछि प्रशिक्षक मोन्टी देसाईको आग्रहका ह्याप्पी ड्रेसिङ रुम अन्तर्गत भारतीय खेलाडी तथा प्रशिक्षकले नेपाली खेलाडीलाई मेडल लगाइदिएका थिए । 

 

स्वदेश फर्किएपछि आसिफले कोहलीबाट मेडल लगाउँदा निकै गर्व लागेको र  अन्त्यमा एउटा मेडल मलाई पनि दिनु पर्यो, मैले तिम्रो क्याच छोडेको थिए भन्दै मजाक गरेको बताए । 

हरेक खेलपछि टोलीका राम्रो प्रदर्शन गर्ने सदस्यलाई देशाईले मेडल लगाइ दिने चलनलाई निरन्तरता दिँदै यसपटक भारतीय खेलाडीको ड्रेसिङ रुम पुगेर उनिहरुलाई त्यस्तो आग्रह गरेका थिए ।

भारतीय खेलाडी हार्दिक पाण्ड्याले सोमपाल कामीलाई, प्रशिक्षक राहुल द्रविडले दिपेन्द्र सिंह ऐरीलाई र विराटले आशिफलाई मेडल लगाई दिएका थिए । 

images
प्रकाशित मिति :भाद्र २०, २०८० बुधवार - १९:२५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend