Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

डा अच्युत शर्माको "आमा" का साथ गायक रविन शर्माको 'कमव्याक'

डा अच्युत शर्माको "आमा" का साथ गायक रविन शर्माको 'कमव्याक'

नेप्लिज डायस्पोरा

२६, भाद्र २०८०
images
डा अच्युत शर्माको "आमा" का साथ गायक रविन शर्माको 'कमव्याक'

महाकवि देवकोटाको कुन मन्दिरमा जान्छौ यात्री...’ गाएर सर्वाधिक लोकप्रियता कमाएका वरिष्ठ गायक रविन शर्माले म्युजिक नेपालको च्यानल मार्फत डा अच्युत शर्माको शव्द रचनामा "आमा" गीत लिएर सांगीतिक वजारमा पुनरागमन गरेका छन। यस गीतमा सुगम संगीतका लोकप्रिय संगीतकार राजु सिंहको संगीत रहेको छ। गीतमा फणिन्द्र राईले संगीत संयोजन गरेका छन् ।

बिहिबार सार्वजनिक गरिएको गीतमा रविन शर्मा स्वयम् लाइ फिचरिङ्ग गरिएको छ। राजन भुजेलले निर्देशन गरेको भिडियोले गीतको भावलाई सरल तरिकाले उतारेको छ।

सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाएका गीतकार प्राडा अच्युत शर्मा मन्दिर र मुर्तिमा भन्दा पनि मानव कल्याण र दीन दुखीको सेवामा ठूलो धर्म देख्छन । पशुपति नाथ मन्दिर नजिकै वृद्धाश्रम पुगेपछि देखिएको दृष्य र तिनले मनमा छोए पछि उव्जेका भावनालाई 'आमा" गीत मार्फत अभिव्यक्त गरेको बताउञ्छन गीतकार शर्मा। यस गीत मार्फत डा शर्माले आमाको महिमा गान गर्दै सन्तानलाइ दायित्व वोध गराउने प्रयास गरेका छन्।

संचार कर्मीको समेत पहिचान बनाएका रविन शर्मा गीतको संख्यामा भन्दा पनि गीतको भाव र गम्भीरतामा महत्व दिने गायकको रुपमा चिनिन्छन। मनको भित्री तहसम्म छुने शव्दहरूमा आफ्नो स्वराङ्कन गरी सम्पूर्ण आमाहरूप्रति गीत मार्फत सम्मान व्यक्त गर्न पाएकोमा आफू गौरवान्वित भएको बताउंदै यो गीतमार्फत लामो समय पछि सांगीतिक दुनियामा आफ्नो 'कम व्याक' भएको सुनाउञ्छन। गीत सार्वजनिक भएपछि प्राप्त प्रारम्भिक प्रतिक्रियाहरूबाट आफूहरू उत्साहित भएको बताउञ्छन गीतकार तथा गायक शर्मा द्वय ।

गीतको लिंक
https://youtu.be/_z7SBmyT8To?si=NOQlk5U2cKVbul8G

images
प्रकाशित मिति :भाद्र २६, २०८० मंगलवार - ०३:४२:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend