Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

एसियाडमा सहभागि हुने नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बिदाई

एसियाडमा सहभागि हुने नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बिदाई

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
एसियाडमा सहभागि हुने नेपाली खेलाडीलाई प्रधानमन्त्रीको बिदाई

चीनमा हुने १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागि जनाउने नेपाली खेलाडीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिदाइ गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाली खेलका लागि नेपाली खेलाडीलाई चीनमा राम्रो व्यवस्थापन भइसकेकाले चिन्ता नलिन आग्रह गरे । यस्तै उनले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताए । 

देशमा आधुनिक सुविधा सम्पन्न रंगशाला बनाउने, कभर्ड हल बनाउने वा विभिन्न विधाका खेलहरुको निम्ति आवश्यक पर्ने पूर्वाधार निर्माणमा चीन भ्रमणमा खेल क्षेत्रकै प्रगतिका लागि उल्लेख्य पहल गर्ने प्रतिबद्धता जनाए ।

विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरुष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । 

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १९:२५:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend