त्यसको एक मिनेट पछि नै आदिलले वान भर्सेस वानको अवसर खेर फाले। उनको अगाडि गोलकिपर शेख मात्र थिए तर उनको प्रहार पोस्टभन्दा केही टाढाबाट बाहिरियो।
७६औं मिनेटमा पाकिस्तानले खेलमा अग्रता लियो। अलि जफरले लामो दुरीबाट गरेको प्रहारले जियारथ शेखको पहुँचभन्दा टाढा टप कर्नरमा जाली चुमेको थियो। अन्त्यमा त्यही गोल जितका लागि पर्याप्त भयो।
नेपालको आएको खेल माल्दिभ्ससँग सेप्टेम्बर २५ मा हुनेछ। त्यसअघि माल्दिभ्सले सेप्टेम्बर २३मा पाकिस्तानको सामना गर्ने छ। समूह बी अन्तर्गत यस अघि प्रतियोगिताको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएको थियो। यस समूहमा भारत र बंगलादेश बाहेक भुटान रहेको छ। दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्ने छन्।