Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

नेप्लिज डायस्पोरा

६, आश्विन २०८०
images
नेपाल क्रिकेट संघको अध्यक्षमा पुनः चन्द निर्वाचित

काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा पुनः चतुरबहादुर चन्द दोहिरिएका छन । 

भावी अध्यक्षको कार्याकालका लागि उनले मात्रै मनोनयन दर्ता गरे पछि सर्वसम्मत रुपमा निर्वाचित भएर दोहोरिएका हुन ।

बर्दियाका अध्यक्ष विनय राजभण्डारीले उम्मेदवार दिने भनिएता पनि उनले उम्मेदवारी नदिने लगभग देखिए पछि चन्द पुनः सर्बसम्मत निर्वाचित भएका हुन ।

उम्मेदवारीका लागि मनोनयनको फारम पनि भरिसकेको भए पनि अन्तिम समयमा उनले आफनो मनोनयन पत्र त्यागेर चन्दलाई समर्थन गरेका थिए ।

उम्मेदवारीका लागि मनोनयनका लागि बिहान ११ बजेसम्मको मात्रै समयसिमा रहेको थियाे । अरुले चन्दलाई चुनौती दिने गरी उम्मेदवारी दर्ता नगराए पछि उनी नै सर्बसम्मत भएका हुन ।

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - १५:४९:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend