Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने

दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने

नेप्लिज डायस्पोरा

११, आश्विन २०८०
images
दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार दिने

१९औँ एसियाली खेलकुद प्रतियोगितामा विश्व कीर्तिमान बनाउने दुई नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरी र कुशल मल्ललाई रोयल ब्लूले जनही दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने भएको छ ।

दीपेन्द्र टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा सर्वाधिक कम बलमा अर्धसतक प्रहार गर्ने खेलाडी बनेका थिए । उनले केवल नौ बलमा ५० रन बनाएका थिए । यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए ।

 

यसका अतिरिक्त दीपेन्द्र सिंह टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक स्ट्राइक रेटसहित रन बनाउने खेलाडी पनि बनेका थिए । मंगोलियाविरुद्ध केवल १० बलमा अविजित ५२ रन बनाउँदा दीपेन्द्रको स्ट्राइक रेट ५२० रहेको थियो । 

images
प्रकाशित मिति :आश्विन ११, २०८० बिहिवार - १५:५०:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend