Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

पूर्वराजा ज्ञानेन्द्रले भने- ‘क्रिकेट टीम माथि गर्व छ’

पूर्वराजा ज्ञानेन्द्रले भने- ‘क्रिकेट टीम माथि गर्व छ’

रोशनबहादुर सिंह

१३, आश्विन २०८०
images
पूर्वराजा ज्ञानेन्द्रले भने- ‘क्रिकेट टीम माथि गर्व छ’

पुर्ब राजा ज्ञानेन्द्र शाहले नेपाली क्रिकेट टिमले बनाएको बिश्व किर्तिमान प्रति गर्ब महशुश ब्यक्त गरेका छन् ।

चीनमा जारी एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाएको विश्व किर्तिमानले नेपालीको गौरब बढाएको पनि जनाएका छन ।

‘मित्र राष्ट्र चाइनाको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले मंगोलियासँग खेलेको टी २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र नेपाली खेलाडीहरूले राखेको विश्व किर्तिमानले हामीलाइ अत्यन्तै खुसी तुल्याएको छ,’ राजाको सचिवालयले भनेको छ, ‘देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतीहरूको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरूले अनेकौं प्रतिकुलताको बाबजुत जुन सफलता हासिल गरेका छन, यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुश गरेका छौं ।

बक्तब्यमा अगाडी भनिएको छ, ‘विश्व किर्तिमानहरू कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरू र नेपाली क्रिकेट टिमलाइ यो सफलताको लागि हार्दिक बढाइ तथा शुभकामना ।’  

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - १६:४४:५० बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend