Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता

नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता

नेप्लिज डायस्पोरा

१४, आश्विन २०८०
images
नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता

अमेरिकाको नर्थ क्यारोलिनामा दशै कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

नर्थ क्यारोलिना राज्यको राजधानी राएले वरपरको क्षेत्रमा बसोबास गर्ने स्थानिय नेपाली समुदायका विभिन्न ६ टोलीले प्रतियोगितामा भाग लिइरहेका छन् ।

प्रतियोगिता गत सेप्टेम्बर १६ बाट संचालन भइरहेको हो । हरेक साता शनिबार दिन लिग कम नकाउटका आधारमा स्थानिय एपेक्स नेचरल पार्कमा रहेको फुटबल मैदानमा प्रतियोगिता संचालन भइरहेको छ ।

सेमिफाइनल अक्टुबर ७ र फाइनल अक्टुबर १४ मा हुनेछ । हरेक वर्षको दशै को अवसरमा संचालन गरिदै आएको यो प्रतियोगता यस वर्ष एनआरएनए नर्थक्यारोलिना च्याप्टरको सहकार्य एवं स्थानिय ड्रिम होम रियल्टी, डिलिजेन्ट ट्राभल, युनिसफ्ट सोलोसन लगायतका नेपाली व्यवसायिक संस्थाहरु तथा व्यक्तिगत रुपमा भरत सुवेदी, विकास सापकोटा, उत्तम निरौला समेतको सहयोगमा संचालन भइरहेको बताइएको छ ।

images
प्रकाशित मिति :आश्विन १४, २०८० आइतवार - २३:०१:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend