Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

दशै तिहार कप एट फुटबल प्रतियोगिताको उपाधि गेम चेन्जर एफसीले जित्यो

दशै तिहार कप एट फुटबल प्रतियोगिताको उपाधि गेम चेन्जर एफसीले जित्यो

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
दशै तिहार कप एट फुटबल प्रतियोगिताको उपाधि गेम चेन्जर एफसीले जित्यो

भर्जिनिया| भर्जिनियाामा रहेको फेयरफ्याक्स युनाइटेड एफसी को आयोजनामा भएको दशै तिहार कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि गेम चेन्जर एफसीले जितेको छ ।

भर्जिनियाको फेयरफ्याक्स पार्कमा भएको खेलमा गेम चेन्जर्सले फाइनलमा पेन्सलभेनिया रिभोलुसनलाई पराजित गर्दै पहिलो संस्करणको च्याम्पियन बन्न सफल भयो ।

अनेस्ट रियल स्टेट मुख्य प्रायोजक रहेको प्रतियोगिताको उपाधि विजेता गेम चेन्सरले पाँच हजार डलरपनि पाउने भएको छ । यस्तै उपविजेता रिभोलुसनले तीन हजार डलर पाउनेछ ।

शनिबार र आइतबार भएको प्रतियोगितामा कुल १६ टीमले सहभागिता जनाएका थिए । जसमा सहभागि टिमलाई चार समुहमा विभाजन गरिएको थियो ।

उपाधि विजेता टिमलाई अक्टोबर १४ तारिखमा हुने दशै तिहार विशेष कार्यक्रममा भब्य समारोहविच पुरस्कार वितरण गरिनेछ । सो दिन दशै तिहार कार्यक्रमको पनि आयोजना हुँदैछ ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०२:४२:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend