फुटबलर बिमल घर्तिमगर अष्ट्रेलियाबाट नेपाल फर्कने भएका छन् ।
नेपाल सुपर लिग एनएसएलको टिम चितवन एफसीले बिमललाई स्वदेश फर्काउने पक्का गरेको हो ।
आसन्न दोस्रो संस्करणको लिगमा बिमलले चितवन एफसीसँग सम्झौता गरेका छन् । चितवन एफसीले सोसेल मिडियामार्फत बिमललाई अनुबन्धन गरिएको जनाएको छ ।
केही दिनअघि अष्ट्रेलिया गएका बिमल एनएसएल खेल्न नेपाल फर्कने पक्का भएको हो ।