फिफा विश्वकप छनोटको खेलमा नेपाल र लाओसले एक एक गोलको बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा करिब १२ हजार दर्शकको माझमा भएको खेलमा पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरु मै बराबरी गोल गरेको थियो ।
लाओसले घरेलु टोलीविरुद्ध खेलको ३३ औं मिनेटमा लाओसका कप्तान वोउचन वोउङकोङकोको गोलमा अग्रता बनाएको थियो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको लओसले दोस्रो हाफको तेस्रो मिनेटमा नेपालले नै बराबरी गोल गर्न सफल भयो । नेपालका लागि अन्जन विष्टले गोल गरेका हुन् । उनले एरिक विष्टको कर्नरमा सुन्दर हेडर गोल गर्दै नेपाललाई खेलमा फर्काएका हुन् ।
सिनियर टिमसँग नौ वर्षको यात्रामा अञ्जनको १३ गोल भएको छ । उनले अन्तिम गोल साफ २०२३ को पहिलो खेल ९कुवेतविरुद्ध ३–१ को हार० मा गरेका थिए, जसले उनलाई हरि खड्का र नीराजन रायमाझीको १३ गोलको कीर्तिमाननजिक पुर्याएको थियो ।
सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका अन्जनले अहिलेसम्म नेपाली राष्ट्रिय फुटबलबाट ५८ खेलमा १३ गोल गरेका छन् ।
नेपालले अब लाओससँग दोस्रो खेल आगामी आगामी मंगलबार खेल्नेछ ।