नेपाल क्रिकेट संघ क्यानले आइसीसी मेन्स टी २० विश्वकप फाइनल एसियामा उत्कृष्ट प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
क्यानको आज बसको बोर्ड बैठकले अर्को वर्ष वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी २० विश्वकप क्रिकेटमा स्थान बनाएको टोलीलाई ५० लाख नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यसैगरी मेलेसियामा भएको एसीसी मेन्स यु १९ प्रिमियर कप विजेता तथा जनवरीमा हुने यु १९ एसिया कपमा छनोट भएको नेपाली टोलीका खेलाडीलाई जनही ५० हजार नगद पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ । यस्तै नोभेम्बर १५देखि १९ सम्म हङकङ महिला टी २० क्रिकेट सिरिजमा नेपाली टोली पठाउने पनि निर्णय गरेको छ ।
यसैगरी नेपाल र ओमानबीचको फाइनल खेलमा टिकटबाट उठेको आधा रकम जाजरकोट भूकम्प पिडीतका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ ।