Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

अष्ट्रेलियाबाट नेपाल सुपर लिग खेल्न आएका दिनेश प्रहरी हिरासतमा

अष्ट्रेलियाबाट नेपाल सुपर लिग खेल्न आएका दिनेश प्रहरी हिरासतमा

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
अष्ट्रेलियाबाट नेपाल सुपर लिग खेल्न आएका दिनेश प्रहरी हिरासतमा

नेपाल सुपर लिगको दोस्रो सिजन खेल्न अष्ट्रेलियाबाट आएका डिफेन्डर दिनेश राजवंशी प्रहरी हिरासतमा परेका छन ।

एनएसएलको पोखरा थन्डर्सले शुक्रबार दिनेशलाई नेपालमा स्वागत गरेको थियो । त्यसयता केहि दिन क्लबसँगै प्रशिक्षण गरेका दिनेशले राष्ट्रिय टोलीविरुद्ध भएको मैत्रीपूर्ण खेलमा पनि सभागिता जनाएका थिए । तर त्यसपछि उनी क्लबको प्रशिक्षणमा सहभागी थिएनन् ।

स्रोतका अनुसार दिनेशसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । बुधबार राती दरबारमार्ग क्षेत्रमा उनीहरुले अभद्र व्यवहार गरेको आरोप रहेको छ । दिनेश हाल प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।

दिनेशसहित ४ जानमाथि अभद्र व्यवहारको मुद्दा परेको छ । थप अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न विहीबार अदालतले ७ दिनको म्याद थप गरिसकेको छ । उनी अब कम्तिमा अर्को सातासम्म प्रहरी हिरासतमै रहने भएका छन् ।

 

दिनेश यसअघि राष्ट्रिय टोलीमा रहँदा अनुशासन तोडेको कारण एन्फाको कारवाहीमा पनि परेका थिए । ४ वर्षअघि दिनेशसहित ४ खेलाडीले राष्ट्रिय टोलीको क्याम्प छोडेर बाहिर गएका कारण एन्फाले कारवाही गरेको थियो । त्यसबेला दिनेशले राष्ट्रिय टोलीबाट बाहिर रहनुका साथै १३ औं दक्षिण एसियाली खेलकुद र ए डिभिजन लिगमा पनि केहि खेल गुमाएका थिए ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १७:५७:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend