Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल

एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल

नेप्लिज डायस्पोरा

२३, कार्तिक २०८०
images
एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभामा अध्यक्ष पङ्कज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ ।

हेटौँडामा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको मतदानमा नेम्वाङले जित दर्ता गर्दै प्रस्तावलाई फेल गराइदिएका हुन् ।

कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षमा अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत प्राप्त भएसँगै अध्यक्ष नेम्वाङको अध्यक्ष पद जोगिएको छ । एक मत बदर भएको छ । मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए प्रस्ताव गर्ने मध्येकै ३४ जनाले मतदान बहिष्कार गरेका छन् ।

गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्ती माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । तर, अध्यक्षलाई मात्र प्रस्ताव राख्नमिल्ने व्यवस्थाको कारण एकमात्र अजेण्डा साधरणसभामा पेस भएको थियो ।

images
प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १८:१३:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend