Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

च्याट जीपीटीलो हटायो प्रमुख अल्टम्यानलाई

च्याट जीपीटीलो हटायो प्रमुख अल्टम्यानलाई

नेप्लिज डायस्पोरा

२, मंसिर २०८०
images
च्याट जीपीटीलो हटायो प्रमुख अल्टम्यानलाई

आर्टिफिसियल इन्टेलिजेन्स बट ‘च्याट जीपीटी’ बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई हटाएको छ। बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको बताउँदै यो कदम चालेको हो ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै अल्टम्यानको योगदानको लागि आभार व्यक्त गरेको छ। योसँगै सञ्चालक समितिका सदस्यहरूले कम्पनीलाई अब नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।

अर्कोतर्फ, ओल्टम्यानले सामाजिक सञ्जालमा लेख्दै कम्पनीमा बिताएका दिनहरूबाट आफू खुसी रहेको बताए छन्। उनले लेखेका छन्, ‘यसले मेरो व्यक्तित्व परिवर्तन गर्‍यो र आशा छ कि यसले संसारलाई पनि अलिकति परिवर्तन गर्‍यो। यहाँका प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाउँदा मलाई रमाइलो लाग्यो।’

अल्टम्यानको नेतृत्वमा च्याट जीपीटी एआई बोटको परिचयले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बहसलाई तीव्र बनाएको छ। ओपन एआई सुरु गर्नमा अल्टम्यानले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

 

images
प्रकाशित मिति :मंसिर २, २०८० शनिवार - १०:२८:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend