Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा समर्थकबिच कुटाकुट

ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा समर्थकबिच कुटाकुट

नेप्लिज डायस्पोरा

६, मंसिर २०८०
images
ब्राजिल र अर्जेन्टिनाबिचको खेलमा समर्थकबिच कुटाकुट

फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा चिरप्रतिद्वन्द्वी ब्राजिल र अर्जेन्टिनाबीचको खेल अवरूद्ध भएको छ।

रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा खेल सुरू हुनअघि दुई देशका समर्थकहरूबीच लडाइँ हुँदा खेल समयमा सुरू हुन नसकेको हो। 

बिहान सवा ६ बजे खेल सुरू हुनुभन्दा केही बेरअगाडि दुई देशका समर्थक समूहबीच हानाहान भएपछि माराकाना रंगशालामा तनाव उत्पन्न भएको हो। दुबै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिएलगत्तै फ्यानहरूबीच लडाइँ भएको हो। 

दुई देशका समर्थकहरू कुटाकुट गर्दा केही व्यक्तिहरू घाइते समेत भएका छन्।

स्थितिलाई नियन्त्रणमा लिन हम्मेहम्मे परेपछि  त्यहाँ खटिएका सुरक्षाकर्मीले लाठी चार्ज गरेका छन्।

समर्थकहरूबीच झगडा हुँदा फुटबल हेर्न आएका महिला तथा बालबालिका तथा वृद्ध व्यक्तिहरू आतंकित बनेका थिए।

माहोल शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहित मैदानबाट बाहिरिएर ड्रेसिङ रूममा  गएका थिए।

 
 

सुरक्षाकर्मीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएपछि निर्धारित समयभन्दा आधा घन्टा ढिला गरि खेल सुरू भएको छ।

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - ०७:१६:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend