फिफाले ३२ टिम सहभागी हुने पहिलो क्लब विश्वकप अमेरिकामा आयोजना गर्ने घोषणा गरेको छ । प्रतियोगिता सन् २०२५ को १५ जुन देखि जुलाइ १३ सम्म हुनेछ ।
क्लब विश्वकपमा ६ वटै महासंघका क्लबहरुको प्रतिनिधित्व रहनेछ । जसमा एसियाका चार, युरोपका १२, उत्तरी तथा सेन्ट्रल अमेरिकाका चार, ओसियानाबाट एक र दक्षिण अमेरिकाबाट ६ टिमको सहभागिता रहेनछ ।
इंग्ल्यान्डको चेल्सी, म्यानचेस्टर सिटी र स्पेनको रियाल मड्रिड पछिल्लो चार वर्षको च्याम्पियन्स लिग विजेता भएका कारण सिधै छनोट भएका छन् । यो सिजन च्याम्पियन्स लिग जिते आर्सनलले पनि सिधै प्रवेश पाउने छ ।
साउदी अरेबियाको जेजाहमा बसेको बैठक पछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले क्लब विश्वकपको मिति सार्वजनिक गरेका हुन् । पुनस् संरचना गरिएको क्लब विश्वकप फिफाले यसअघि गर्दै आएको कन्फिडिरेसन्स कप गर्ने स्लटमानै गर्न लागेको हो । जुन फिफा विश्वकपभन्दा एक वर्षअघि हुँदै आएको थियो ।
फिफाको बैठकले चिलीले सन् २०२५ को अन्डर ट्वान्टी विश्वकप र पोल्यान्डलाई २०२६ को अन्डर ट्वान्टी महिला विश्वकप आयोजना अधिकार दिएको छ ।