Logo

शुक्रवार, कार्तिक ७ गते २०८३   |   2026 October 23

images

images

फ्लोरिडाको मौषम बिग्रेपछि क्रिकेट खेल हेर्न गएका हजारौं नेपाली दर्शकको यात्रा प्रभावित

फ्लोरिडाको मौषम बिग्रेपछि क्रिकेट खेल हेर्न गएका हजारौं नेपाली दर्शकको यात्रा प्रभावित

सतीश चापागाईं

३१, जेठ २०८१
images
फ्लोरिडाको मौषम बिग्रेपछि क्रिकेट खेल हेर्न गएका हजारौं नेपाली दर्शकको यात्रा प्रभावित

 

भारी बर्षाका कारण क्रिकेट हेर्न गएका हजारौं दर्शक फ्लोरिडा मै बस्न बाध्य भएका छन् । खेल हुने दिन मंगलबार विहानैदेखि परेको पानी अझै रोकिएको छैन । 

 

फ्लोरिडामा रेकर्ड ब्रेक हुनेगरी भारी बर्षा भएको मौषम विज्ञहरुले जानकारी गराएका छन् ।

 

“खेल हेर्न पनि पाईएन, समय मै घर फर्कन पनि पाईएन ।” मेरिल्याण्डबाट फ्लोरिडा पुगेका मेरिल्याण्डका लागि नेपाल सरकारका पर्यटन प्रवर्द्धक राजु पराजुलीले भने ।

 

“हिजो खेल रद्द आज उडान रद्द, हाई फ्लोरिडा, पहिलो भ्रमण साह्रै खराब अनुभव ।”  समाज टाईम्सका प्रधान सम्पादक बिष्णु हरि घिमिरेले फेसबुकमा लेखेका छन् । 

 

कतिपयले फ्लोरिडाको भिडियो खिचेर फेसबुकमा रिल अपलोड गरेका छन । जसमा शिरिश देवकोटाको गीत बजिरहेको छ : 'म त आउने थिईन यहि चाल होला भन्या भा ।'

 

हावाहुरी सहितको बर्षाका कारण फ्लोरिडाबाट बिभिन्न राज्यका लागि उड्ने प्लेन उड्न सकिरहेका छैनन् । अचानक यसरी बस्न पर्दा खर्च बढिरहेको र काम तथा व्यवसाय प्रभावित भएको उनीहरुले बताएका छन् । 

 

आशा गरेअनुरुप  खेलको मजा लिन  नपाएका दर्शकका लागि उडान रद्द भएपछिको सास्तीले बर्ल्ड कपको अनुभव तितो बनेको छ । 

 

हजारौं खेलप्रेमी नेपालीहरु अमेरिकाका विभिन्न राज्यहरुबाट फ्लोरिडा आईतबारदेखि नै फ्लोरिडा पुगेका थिए । अहिले उनीहरु फ्लोरिडा मै बसोबासको अपर्झट व्यवस्थापन गरिरहेका छन् । यसले गर्दा उनीहरुको खर्च र समयको व्यवस्थापनमा अप्ठेरो परेको उनीहरुको भनाई छ।

 

वर्षाका कारण नेपाल र श्रीलङ्काबिच टी-२० विश्वकप क्रिकेट अन्तर्गतको खेल रद्द भएको थियो। जसले गर्दा उनीररुले खेलको मज्जा लिन पाएका थिएनन् । 

 

फ्लोरिडाको सेन्ट्रल ब्रावर्ड रिजनल पार्कसम्म घण्टौँको यात्रा तय गरेका नेपाली खेल प्रशंसकहरूले खेल हेर्न नपाए पनि नेपाली राष्ट्रिय टोलीलाई मैदानमा हेर्न पाएकोमा भने खुसी थिए । नेपाली दर्शकको सम्मान गर्दै खेलाडीहरुले मैदानबाट मार्च पास गरेका थिए 

 

images
प्रकाशित मिति :जेठ ३१, २०८१ बिहिवार - ०१:२२:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend