Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

चौथो साथी कप क्रिकेट उपाधि ह्यारिसबर्ग गोर्खाले जित्यो

चौथो साथी कप क्रिकेट उपाधि ह्यारिसबर्ग गोर्खाले जित्यो

सतीश चापागाईं

२०, भाद्र २०८१
images
चौथो साथी कप क्रिकेट उपाधि ह्यारिसबर्ग गोर्खाले जित्यो

मेरिल्याण्ड/ अमेरिका । चौथो साथी कप क्रिकेट प्रतियोगिताको उपाधि ह्यारिसबर्ग गोर्खाले जितेको छ। 

 

प्रतियोगिताको फाइनलमा ह्यारिसबर्ग गोर्खाले भर्जिनियाको एभरेष्ट लाइन्स क्रिकेट क्लबलाई दुई विकेटले हराउँदै उपाधि जितेको हो। एभरेष्ट लाइन्स क्रिकेट क्लब साथी कपको पहिलो र दोश्रो सिजनको विजेता हो भने तेश्रो सिजनको विजेता ह्यारिसबर्ग गोर्खानै थियो । 

IMG_0113.jpeg

मेरिल्याण्ड राज्यको हाइल्याण्ड हलशप रोडको स्कूलिङ्ग मिलर पार्कमा सम्पन्न फाइनलमा एभरेष्ट लाइन्सले २० ओभरमा पाँच विकेटको क्षतिमा १०६ रन बनाएको थियो। 

 

एभरेष्टका विवेक कार्कीले ३८ रनको योगदान दिएका थिए। ह्यारिसबर्ग गोर्खाका बासु ढुङ्गानाले तीन र भगत भण्डारीले दुई विकेट लिएका थिए।

 

IMG_0114.jpeg

 

जवाफमा, ह्यारिसबर्ग गोर्खाले १०७ रनको लक्ष्य ८ विकेटमा पूरा गर्यो। विकेट किप्पर ब्याट्सम्यान खगिन धिमालले ४४ रनको अविजित पारी खेल्दै टिमलाई जित दिलाए। अन्तिम ओभरमा तारा अधिकारीले धैर्यता पूर्वक १० रन थपेर टिमलाई रोमाञ्चक जित दिलाए।

 

एभरेष्ट लाइन्सका नीर गुरुङले तीन र सुजन खनालले दुई विकेट लिए भने दीपक पाठक, विनोद कार्की र अभिजित राईले एक एक विकेट लिएका थिए। 

IMG_0115.jpeg

 

 

फाइनल खेलमा प्लेयर अफ दि म्याच भगत भण्डारी घोषित भए।

 

तीन दिनसम्म चलेको प्रतियोगितामा कुल १२ टिमले भाग लिएका थिए। सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग र नकआउटको आधारमा खेलाइएको थियो। 

 

ह्यारिसबर्ग गोर्खाले उपाधिसँगै ६ हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्यो, जबकि दोस्रो स्थानमा रहेको एभरेष्ट लाइन्सले ३ हजार अमेरिकी डलर पायो। 

 

IMG_0116.jpeg

 

दोस्रो पुरस्कारको प्रायोजन गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अन्तर्गत युवा, विद्यार्थी तथा खेलकुद विभाग र एनआरएनए मेरील्याण्ड च्याप्टरले गरेका छन्।

IMG_0118.jpeg

 

 

IMG_0118.jpeg

images
प्रकाशित मिति :भाद्र २०, २०८१ बिहिवार - ००:२४:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend