अमेरिकाको टेक्सास राज्यको अष्टिनमा एकजना नेपाली बिरामी परेर ओछ्यान परेका छन् । सुदुरपश्चिम कैलाली जिल्ला घोडाघोडी नगरपालीका ३ का दिपेश भण्डारालाई यो आपत परेको हो ।
ब्रेन ट्युमर भएपछि उनी अगष्ट १५ देखि अस्पताल डाक्टर निगरानीमा छन् । साथीभाईको सहयोगमा उनको दिन वितिरहेको छ ।

अमेरिका आएको २ बर्षपछि आमा, श्रीमती र २ बर्षको छोरा भेट्न नेपाल हिडेका उनी बाटो मै बिरामी परेका थिए । टेक्ससबाट नेपालका लागि उडेका दिपेश वासिंगटन सियाटलको एयरपोर्टको ट्रान्जिटमा अचानक बेहोस भएका थिए । एयरपोर्ट प्रशासनले अस्पताल लगेको थियो । अस्पतालले उनलाई ब्रेन ट्युमर भएको जानकारी दियो ।
उनी नेपाल पुग्न पाएनन् । अस्पतालले उनलाई अष्टिन कै अस्पतालमा रेफर गरिदियो । दिपेश पूर्णरुपमा अस्पतालमा बस्न परेक छ । परिवारका कोही पनि सदस्य यहां नभएकोले उनको रेखदेखमा धेरै नै अप्ठेरो परेको उनका नजिकका एक साथीले नेप्लिज डायस्पोरालाई जानकारी दिए । दिपेशलाई पूर्ण निको हुन् समय लाग्ने चिकित्सकहरुले बताएका छन् । ट्युमरमा क्यान्सर पनि देखिएपछि उनलाई नियमित किमो थेरापी आवश्यक पर्ने डाक्टरको भनाई छ ।
अमेरिकामा कोही आफन्त नहुदा र उपचारका लागी पैसा नहुदा दिपेश अहिले मानसिक र शारिरिक दुबै रुपमा बिक्षिप्त छन् । उनका साथीहरुले उनकी श्रीमती ल्याउनलाई कागजी प्रक्रिया शुरु गरेका छन् ।
तलको लिंकमा गएर दिपेशलाई सहयोग गर्न सक्नुहुनेछ ॥।।
https://gofund.me/75dd3a85
