धादिङ नेपाली समाज, अमेरिकाको तेस्रो अधिवेशन आईतबार न्यू योर्कमा सम्पन्न भएको छ ।
साथै अधिवेशनबाट सर्वसम्मत रुपमा नयां कार्यसमिति बनेको छ । जसमा अध्यक्ष टक बहादुर रुवाली, वरिष्ठ उपाध्यक्ष हिमाल (सागर) अधिकारी, उपाध्यक्ष गणेश लम्साल, महासचिव राम मल्ल ठकुरी रहेका छन् ।
त्यस्तै सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ, सह कोषाध्यक्षमा हरि गिरी रहेका छन् । सदस्यहरुमा बिक्रम अधिकारी, वुद्धिमान बज्राचार्य, देबेन्द्र गिरी, जंग गुरुगं, कुमार ढकाल, रविन भण्डारी, रामचन्द्र उप्रेती, सन्तोष लम्साल, सुदेशना अधिकारी, टेकमान गुरुगं, उत्तमराज अधिकारी र दिनेश नहर्की निर्वाचित भएका निवर्तमान अध्यक्ष रामेश्वर बुर्लाकोटीले जानकारी दिए ।
निर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई आईतबार नै सपथ ग्रहण गराईएको छ ।
रामहरि अधिकारी प्रमुख निर्वाचन आयुक्त रहेको एक कमिटीले उक्त अधिवेशनमा निर्वाचन सम्पन्न गराएको थियो ।

