पाल्पा, साउन ६ ।
युगीन विचार, अभिव्यक्ति तथा लेखकीय स्वतन्त्रताप्रति प्रतिबद्ध नेपाली लेखक सङ्घ (२००८), स्याङ्जाको आयोजनामा ‘बि.पी. विचार गोष्ठी तथा काव्य उत्सव- २०८३ भव्य रूपमा सम्पन्न भएको छ । ४४ औँ बि.पी. स्मृति दिवसको अवसरमा साउन ६ गते बुधबार वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सो कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली लेखक सङ्घ स्याङ्जाका अध्यक्ष एवं युवा स्रष्टा पारिश्वर न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपाने प्रमुख अतिथिका रूपमा हुनुहुन्थ्यो । कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रा.डा. वासुदेव भण्डारी र टिप्पणीकर्ताका रूपमा ध्रुवप्रसाद शर्मा पङ्गेनी रहनुभएको थियो ।
पहिलो चरण: बि.पी. विचार गोष्ठी
कार्यक्रमको पहिलो चरणमा आयोजित विचार गोष्ठीमा बि.पी. को राजनीतिक तथा साहित्यिक योगदानमाथि प्रकाश पारिएको थियो । सो क्रममा नेपाली काङ्ग्रेस भीरकोटका सभापति यामप्रसाद अधिकारी (लक्ष्मण) वालिङ बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख विष्णु सुवेदी गैह्रे नेपाल शिक्षक सङ्घ, स्याङ्जाका अध्यक्ष पशुपति पौडेल नेपाली लेखक सङ्घ कास्कीका अध्यक्ष एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ कमल पौडेल ‘अथक नेपाली लेखक सङ्घका केन्द्रीय सचिव मिलन समीर लगायतका वक्ताहरूले आफ्नो सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो ।
दोस्रो चरण: बि.पी. काव्य उत्सव
दोस्रो चरणको ‘बि.पी. काव्य उत्सव’ मा स्थानीय तथा प्रसिद्ध स्रष्टाहरूले आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गर्नुभएको थियो । रचना वाचन गर्ने स्रष्टाहरूमा: ध्रुवप्रसाद शर्मा पङ्गेनी, कमला रेग्मी, विकास थापा मगर, बबिन पाठक, रमेश कुख्यात, स्मारिका अर्याल, गोविन्दशरण रेग्मी, मुनाल गोदार क्षेत्री, ढालबहादुर के.सी., रेशमलाल डुम्रे, नारायण न्यौपाने ‘दर्शन’, लक्ष्मी रेग्मी खनाल, वसन्त खनाल, खगेन्द्रजङ्ग थापा, दिलीप तिवारी, लीलाप्रसाद रेग्मी, राजु गैह्रे, शम्भु अर्याल, राजेन्द्र श्रेष्ठ, विनुप्रसाद पराजुली, झवनाथ बस्याल, प्रेमप्रसाद सुवेदी, सीताराम अधिकारी, कमलप्रसाद बगाले, प्रकाश न्यौपाने ‘चौरासपति’, जि.बी. राना, ओम थापा, गुरुप्रसाद ढकाल, सरस्वती अर्याल काफ्ले, चण्डिकाप्रसाद भट्टराई, शान्ता थापा, यमप्रकाश खनाल, अनन्त अर्याल, लेखनाथ काफ्ले, मिलन समीर र पारिश्वर न्यौपाने हुनुहुन्थ्यो ।
सम्मान तथा धन्यवाद ज्ञापन
कार्यक्रममा नेपाली लेखक सङ्घ स्याङ्जाका तर्फबाट प्रमुख अतिथि प्रा.डा. कुसुमाकर न्यौपानेलाई विशेष सम्मान गरिएको थियो भने प्रमुख वक्ता, टिप्पणीकर्ता तथा विशिष्ट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाली लेखक सङ्घ स्याङ्जाकी उपाध्यक्ष शान्ता थापाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको सञ्चालन सचिव एवं युवा स्रष्टा गुरुप्रसाद ढकालले गर्नुभएको थियो । कार्यक्रमको संयोजन सङ्घका निवर्तमान अध्यक्ष, वर्तमान केन्द्रीय सचिव तथा साहित्यिक अभियन्ता मिलन समीरले गर्नुभएको थियो ।