Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनुपम सिर्जना प्रतिष्ठानको १६० औँ कविगोष्ठी सम्पन्न: छन्द र भाषाको उन्नयनमा निरन्तर समर्पित

अनुपम सिर्जना प्रतिष्ठानको १६० औँ कविगोष्ठी सम्पन्न: छन्द र भाषाको उन्नयनमा निरन्तर समर्पित

नेप्लिज डायस्पोरा

१६, श्रावण २०८३
images
अनुपम सिर्जना प्रतिष्ठानको १६० औँ कविगोष्ठी सम्पन्न: छन्द र भाषाको उन्नयनमा निरन्तर समर्पित

    पाल्पा (साउन १६)

 

अनुपम सिर्जना प्रतिष्ठान नेपाल, कलङ्कीको आयोजनामा २०८३ साउन १६ गते शनिवार १६० औँ नियमित स्वतन्त्र विधा प्रविधिमैत्री कविगोष्ठी भव्यताका साथ सम्पन्न भएको छ। संस्थाकी सहकोषाध्यक्ष दुर्गा रिमाल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार हरि खनाल प्रमुख अतिथि, सुरेशकुमार भट्ट विशिष्ट अतिथि तथा पुरुषोत्तम सिग्देल समीक्षकका रूपमा सहभागी हुनुभएको थियो।

उपत्यकाको पश्चिम भेकमा क्रियाशील यस साहित्यिक संस्थाको गोष्ठीमा सर्जकहरूले छन्द, लोकछन्द, स्वच्छन्द, मुक्तक, गजल, खोरिया, सुसेलीलगायतका विभिन्न विधाका रचनाहरू वाचन गरेका थिए। देशभक्ति भाव, जनचेतना र सामाजिक विकृतिविरुद्धका सुमधुर लयबद्ध सिर्जनाहरूले उपस्थित सम्पूर्ण सर्जक तथा श्रोताहरूलाई मन्त्रमुग्ध बनाएको थियो। 

गोष्ठीमा रचना वाचन गर्ने सर्जकहरू तथा सिर्जनाहरू:

हरि खनाल: विपिनतिलका छन्द – शान्तिको कामना 

पुरुषोत्तम सिग्देल: भुजङ्गप्रयात छन्द – अचम्मै अचम्म 

सुरेशकुमार भट्ट: लोकछन्द – फूल नचूँड

बमबहादुर थापा जिताली: सवाई – बहत्तर वसन्त 

गणेश आत्रेय: द्रुतविलम्बित छन्द – जीवन 

दुर्गाप्रसाद सिग्देल: अनुष्टुप् छन्द – बस्ने वास घटे 

द्वारिका कुँकेल: लोकछन्द – छिमेकी 

रामचन्द्र न्यौपाने वनवासी: सवाई – सबै नेपाली 

चूडा निर्भीक: भ्रमरावली छन्द – कवि हो 

दुर्गा रिमाल अधिकारी: लोकछन्द – पानीमुनि रेल 

पवनकुमार बुढाथोकी: लोकछन्द – गहिराे घाउ 

जनार्दन अधिकारी धड्कन: शालिनी छन्द – भाषा र खोरिया 

कल्पना भट्टराई: शार्दूलविक्रीडित छन्द – यो देश लम्काउन 

गोमविक्रम: केही मुक्तकहरू 

गङ्गा लिगल: गजल 

जगदीश्वर पोखरेल: भुजङ्गप्रयात छन्द – पेट माझौँ 

उत्तम भेटुवाल: अनुष्टुप् छन्द – गुरु शिष्य परम्परा 

बिनुबाबा घिमिरे भण्डारी: शार्दूलविक्रीडित छन्द – साउन 

कमला पन्थी अधिकारी: भुजङ्गप्रयात छन्द – यहीं स्वर्ग हाम्रो 

सुरेशचन्द्र घिमिरे: इन्दिरा छन्द – गर्छु वन्दना 

चन्द्र न्यौपाने: सुसेली – होस् एकता 

वीरबहादुर लोहनी: सवाई – साउनको महिमा 

टेकबहादुर लौडारी: उपजाति छन्द – आकाशझैँ 

शारदा कार्की: (भद्र श्रोताका रूपमा उपस्थिति) 

समीक्षा तथा मन्तव्य:

कार्यक्रमका प्रमुख आमन्त्रित हरि खनालले अनुपम सिर्जना प्रतिष्ठानले नेपाली भाषा र छन्दको उन्नयनमा निरन्तर उल्लेख्य योगदान पुर्‍याउँदै आएको बताउनुभयो। स्थापित तथा नवोदित दुवै थरिका सर्जकहरूलाई आफ्ना रचना प्रस्तुत गर्ने र सिक्ने-सिकाउने उत्कृष्ट अवसर प्रदान गरेकोमा संस्थाको प्रशंसा गर्दै उहाँले समीक्षक पुरुषोत्तम सिग्देलको कविताको समेत चर्चा गर्नुभएको थियो। 

कार्यक्रमका समीक्षक पुरुषोत्तम सिग्देलले गोष्ठीमा वाचित सम्पूर्ण रचनाहरूको मिहिन ढङ्गले साहित्यिक विश्लेषण तथा समीक्षा गर्नुभएको थियो। 

समापन:

कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष जगदीश्वर पोखरेलले कुशलतापूर्वक गर्नुभएको थियो।गोष्ठीकी अध्यक्ष दुर्गा रिमाल अधिकारीले संस्थाको निमन्त्रणालाई स्वीकार गरी सहभागी भई कार्यक्रम सफल पारिदिनुहुने सम्पूर्ण सर्जकहरूलाई धन्यवाद ज्ञापन गर्दै १६० औँ कविगोष्ठी सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको थियो।

images
प्रकाशित मिति :श्रावण १६, २०८३ शनिवार - २०:२२:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend