Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बानाको अगुवाईमा आयोजित पिकनिक भव्य रुपमा सम्पन्न

बानाको अगुवाईमा आयोजित पिकनिक भव्य रुपमा सम्पन्न

सतीश चापागाईं

२६, श्रावण २०७५
images
  प्रकाशित मिति: २२ श्रावण २०७५, बाल्टिमोर एसोसियसन अफ नेपलिज इन अमेरिका बानाको मुल अगुवाई तथा लमजुङ अमेरिका सेवा समाज, एनआरएन मेरिल्याड च्याप्टर, नासो कम्युनिटि अमेरिका, तनहुँ अमेरिका सोसाइटि, प्रबासी नेपाली मञ्च मेरिल्याड च्याप्टर अमेरिका लगायतको सहआयोजनामा आयोजित मैत्रिपूर्ण पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।   बाल्टिमोर लगायत यस वरपर रहेका झन्डै ९ सय भन्दा बढि नेपालीहरुको सहभागिता रहेको उक्त पिकनिकमा भलिबल, म्युजिकल चेयेर, बिङगो, घैटो फुटाउने लगायतका खेलले उपस्थित समुदायलाई निकै मनोरञ्जन प्रदान गरेको थियो । विभिन्न संघ संस्थाहरुको सम्युक्त आयोजनामा सम्पन्न पिकनिक कार्यक्रममा मेरिल्याड, न्युयोक, पेन्सलभेनिया, भर्जिनिया लगायतका ठाउबाट समेत नेपालीहरुको उपस्थिति रहेको थियो ।   पिकनिकलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सक्रिय सम्पुर्ण संघसंस्था, वानाका सल्लाहकार, पूर्व अध्यक्ष, कार्यसमिति सदस्यहरु लगायत लाई धन्यवाद दिदै बानाका अध्यक्ष अनुसुया वन्त श्रेष्ठले एकत्रित गर्न गाह्रो भएपनि पिकनिकमा उपस्थित नेपालीहरुको उत्साह देखेर आफु निकै खुशी भएको बताउनु भयो । कार्यक्रममा नेपालबाट पाल्नुभएको वरिष्ठ हास्य कलाकार मदनकूष्ण श्रेष्ठ र मेरिल्याड र पेनसलभेनिया अवैतानिक महावाणिज्य दूत प्रेमराजा महतले उपस्थित समुदायलाई सम्बोधन गर्दै नेपालीहरुको एकता र सक्रियता देख्दा आफूहरु उत्साहित भएको बताएनुभयो । बाल्टिमोरको एक मात्र छाता संगठन बाना भएकाले आगामी दिनमा समेत विभिन्न संघसंस्थाहरु लाई एकिकत गर्दै यस्तै पिकनिक जस्तै समुदाय केन्द्रित कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो ।   यही अवसरमा बाना कार्यसमितिका सदस्य गणेश लामिछानेले बिभिन्न चन्दादाताहरुबाट बानाको भवनका लागि झन्डै दश हजार डलर चन्दा सहयोग संकलन गरेर बानालाई हस्तान्तरण गर्नु भएको थियो ।   पिकनिकमा सहभागि विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सहयोगिहरुलाई सम्मान तथा धन्यवाद दिर्दै बानाले आगामि दिनमा बाल्टिमोरमा क्रियाशिल संस्थाहरुसंग मिलेर अझ भव्य रुपमा नेपाली समुदाय केन्द्रित कार्यक्रम गरिने बानाका वरिष्ठ उपाध्यक्ष सुवोधविलास पन्तले बताउनुभयो । यसैबिच उक्त पिकनिक कार्यक्रममा आयोजितमैत्रीपूर्ण भलिबल प्रतियोगितामा मेरिल्याड भलिबल गुप कोलम्बियाले प्रथम स्थान हासिल गरेको छ । कुल ६ टिमको सहभागि रहेको उक्त प्रतियोगितामा बेलमन पार्क भलिबल गुप ए ले दोस्रो र बेलमन पार्क भलिबल गुप बि ले तेस्रो स्थान हासिल गरेको थियो । प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो स्थानमा हासिल गर्ने खेलाडिलाई बानाका अध्यक्ष अनुसुया वन्तले पुरस्कार प्रदान गर्नुभएको थियो । प्रतियोगितामा उत्कृष्ठ खेल प्रदशन गर्ने बेलमन पार्क ए का नेत्र गुरूङलाई बानाका वरिष्ठ उपाध्यक्ष सुवोधविलास पन्तले उत्कृष्ट खेलाडिको पुरस्कार दिनुभएको बानाका खेलकुद संयोजक जनकराज पौडेलले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :श्रावण २६, २०७५ शनिवार - २३:३८:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend