Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

एनआरएन र नेजाबीच अन्तरकृया हुँदै

एनआरएन र नेजाबीच अन्तरकृया हुँदै

सतीश चापागाईं

२८, श्रावण २०७५
images
  ड्यालस (टेक्सस) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नयाँ कार्यसमितिसँग गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आउँदो आइतबार ड्यालसमा सामुदायिक अन्तरकृया सहितको कार्यक्रम राख्ने भएको छ । एनआरएन अमेरिकाले आउँदो आइतबार बिहान ११ बजेदेखि युलेसको फिस्टेल रेस्टुँरामा नेजाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा वधाई सहित परिचयात्मक कार्यक्रम राखेको हो । सो अवसरमा एनआरएन र नेजाका पदाधिकारी लगायत स्थानीय समुदायका नेतृत्वहरुबीच पनि अन्तरकृया हुनेछ। एनआरएनका सञ्चार संयोजक बाल जोशीका अनुसार त्यस अवसरमा एनआरएन र नेजा बीच ‘समुदाय र सञ्चारको भूमिका’ विषयमा वृहद अन्तरकृया हुनेछ । कार्यक्रममा सहभागी हुन अमेरिकाका बिभिन्न ठाउँमा रहेका नेजाका पदाधिकारीहरु आउँदो आइतबार बिहानसम्म ड्यालस आइसक्नेछन्। कार्यक्रममा भाग लिन नेजाका नवनिर्वाचित अध्यक्ष सुदीप पन्त लसएन्जलस र महासचिव किरण महरहट्ठा न्यूयोर्कबाट ड्यालस आउँदैछन् । कार्यक्रममा सहभागी हुन एनआरएनले सबै पदाधिकारीहरु, स्थानीय समुदायसँग अपिल गरेका छन्।

images
प्रकाशित मिति :श्रावण २८, २०७५ सोमवार - १४:०७:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend