Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

बामदेवकाे ढुलमुले नितीले ओली-प्रचण्डलाई हैरान

बामदेवकाे ढुलमुले नितीले ओली-प्रचण्डलाई हैरान

Nepal Desk

१६, भाद्र २०७७
images
बामदेवकाे ढुलमुले नितीले  ओली-प्रचण्डलाई हैरान

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र बेलाबेला चर्चाका आईरहने नेता हुन् उपाध्यक्ष बामदेव गौतम । ढुलमुले नितीका गौतम कहिले प्रचण्ड-नेपाल पक्षमा रहन्छन् भने कहिले ओलीतिर टाँसिन्छन् । आगामी महाधिवेशनमा ओली पक्षवाट एकल अध्यक्ष बनाउने आश्वासन पाएपछि ओली समुहमा पसेका गौतम ओलीले फेरि धोका दिने संकेत पाएपछि ओलीलाईनै संकटमा पार्नतिर लागेका संकेतहरु देखिन थालेका छन् ।

पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबिच शत्ति संघर्षले पार्टीनै फुट्ने सम्भावना बढेका बेला ओलीलाई फाईदा हुनेगरि ६ बुदेँ प्रस्ताव अगाडी सारेर ओली समुहमा छिरेका गौतमले एकाएक युटर्न लिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो चाहानालाई पुरै वेवास्ता गरेको संकेत पाएपछि नयाँ कदम चाल्ने तयारीमा गौतम रहेको बुझिएको छ । राष्ट्रियसभामा मनोनित गरि सरकारमा उपप्रधानमन्त्री बन्ने चाहानाका कारण ओली समुहतिर लहसिएका गौतमलाई ओलीले मनोनित नगर्ने संकेत पाएपछि गौतमले ओलीलाई संकटमा पार्ने गरि नयाँ कदम चाल्ने सम्भावना रहेको हाे ।

ओलीलाई साथ दिदै आएका गौतमले आज यु टर्न लिएका छन् । उनले अचानक ओलीलाई अप्ठ्यारोमा पारिदिएका छन् । नेकपाभित्र कतिपय राजनीतिक नियुक्तिका विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टकराव बढिरहँदा गौतमले नयाँ अस्त्र फालेर तरंग ल्याइदिएका छन् । यसले ओली र प्रचण्डबीचको विवादले नयाँ मोड लिन पुगेको छ ।

बामदेवले आफूलाई राष्ट्रियसभामा लाने पार्टी सचिवालयको विगतको निर्णय कार्यान्वयन हुनुपर्ने जिकिर गरेका छन् । गौतमको अभिव्यक्ति यस्तो बेलामा आएको छ जुन बेला नेकपा सचिवालय बैठक बस्ने तय भएको छ ।

नेकपाभित्र सहमतिको खाका तयार हुँदै गर्दा गौतमले नयाँ अडान कसेका छन् । उनले विगतमा छ बुँदे एकताको प्रस्ताव ल्याएर ओलीको सत्ता संकट टार्न मुख्य भुमिका खेलेका थिए । हिजो संकट टारेका उनका कारण फेरि ओलीमाथि नयाँ संकट बढ्ने सम्भावना छ । तर, गौतम जुनसुकै बेला फरक निर्णय गर्ने नेता हुन् । उनको यही चरित्रले अस्वाभाविक परिस्थिति निर्माण हुन सक्ने देखिएको छ ।

images
प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १२:५१:४५ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend