Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

मन्त्री लालबाबु पण्डितले गैर आवासीय नेपालीलाई अपमानित गरेको आरोप (विज्ञप्ती सहित)

मन्त्री लालबाबु पण्डितले गैर आवासीय नेपालीलाई अपमानित गरेको आरोप (विज्ञप्ती सहित)

सतीश चापागाईं

२५, आषाढ २०७५
images
  नेप्लिज डायस्पोरा / जर्मनी १३ अषाढ २०७५ जर्मनी । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले गैर आवासीय नेपालीहरुलाई अपमानित गर्दै आएको आरोप लागेको छ। गैर आवसीय नेपाली संघ, जर्मनीका अध्यक्ष बिजय मोक्तानद्वारा जारी गरिएको बिज्ञप्तीमा मन्त्री लालबाबु पण्डितले गैर आवासीय नेपालीहरुलाई अपमानित गरेको बताईको छ। नेपालको संविधानको भाग २ नागरिकताको धारा १४ अनुसार गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र धार्मिक अधिकारहरु सहित बंशजको नाताले गैर आवासीय नेपाली नागरिकता प्रदान गरिने गरी सम्बोधन गरेको हुँदा पनि मन्त्री पण्डितले गैर आवासीय नेपालीहरुलाई अपमानित हुने गरी अमर्यादित शब्दहरुको प्रयोग गरी गाली गलौज गरेको आरोप लगाएका छन्। विज्ञप्ती जस्ताको त्यस्तै आदरणीय जर्मनी निवासी गैर आवासीय नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा हार्दिक नमस्कार, नेपालको संविधानको भाग २ नागरिकताको धारा १४ अनुसार गैर आवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक र धार्मिक अधिकारहरु सहित बंशजको नाताले गैर आवासीय नेपाली नागरिकता प्रदान गरिने गरी सम्बोधन गरेको छ। सबिधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी प्राप्त नेपाल सरकारका माननीय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सम्पूर्ण गैर आवासीय नेपालीहरुलाई अपमानित हुने गरी अमर्यादित शब्दहरुको प्रयोग गरी गाली गलौज तथा बच्चालाई जिस्काउने बारम्बार भूतपूर्व नेपाली भन्दै अपमानित गरी सम्पूर्ण गैर आवासीय नेपालीहरुको भावनामाथि गहिरो चोट पर्ने गरी अभिव्यतिहरु दिदै आईरहेकाले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीको गम्भीर ध्यानाकर्षण भएको छ। गैर आवासीय नेपाली संघको स्थापना कालदेखिी नेपालीको लागि नेपाली ‘एक पटकको नेपाली सधैको नेपाली’ नेपाली नागरिकताको निरन्तरता तथा नेपाल र नेपालीको विकास एंवं समृद्धिको नारा लिएर संघले १५ वर्षको अभियान पुरा गरी सकेको छ। नेपाल सरकारको गरिमामय जिम्मेवारी पदमा आसिन माननीय संघिय मामला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको अभिव्यक्ति प्रति घोर बिरोध तथा भत्सर्ना गर्दछौ। नेपाल सरकारको मर्यादित पदमा कार्यरत माननीय मन्त्री ज्यूले आफ्नो पदको दुरुपयोग गरी अमर्यादित असंबैधानिक अभिव्यक्तिले संसार भर फैलिएर ७८ देशहरुमा रहने सम्पूर्ण गैर आवासीय नेपालीहरुको हित, हक र अधिकारको लागि स्वदेश तथा विदेशमा सशक्त रुपमा आवाज उठाउदै आएको साझा र छाता संघ गैर आवासीय नेपाली संघको मुल्य मान्यता र भावना माथिको ठाडो अपमान भएको प्रमाण सहित जिकिर गर्दछौं। गैर आवासीय नेपाली संघले आफ्नो विधानको प्रस्थापनामा नै उल्लेख गरिसकेको गैर आवासीय नेपालीहरुको हक, हित र मानव अधिकारको रक्षाको लागि स्थापना २००३ सालदेखि नै अभियानको रुपमा स्वदेश तथा विदेशमा निरन्तर कार्यक्रमहरु गर्दै आईरहेको छ। त्येसैले गैर आवासीय नेपाली संघको बिधान अनुरुप निर्धारण गरिएको अभियान अनुसार माननीय संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लाल बाबु पण्डितको अभिव्यक्तिको बिरुद्ध एउटा साँझा अवधारण बनाई नेपाल सरकारलाई बिज्ञप्ति मार्फत जानकारी गराउन गैर आवासीय संघ अन्तराष्ट्रिय समन्वय परिषदलाई गैर आवासीय नेपाली संघ जर्मनीले हार्दिक अनुरोध गर्दछ। धन्यवाद। बिजय मोक्तान अध्यक्ष गैर आवासीय नेपाली संघ, जर्मनी वोधार्थ १. गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद २. नेपाली दुतावास बर्लिन

images
प्रकाशित मिति :आषाढ २५, २०७५ सोमवार - ०७:०१:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend