Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

२६ गते बस्ने भयाे नेकपा स्थायी कमिटी बैठक

२६ गते बस्ने भयाे नेकपा स्थायी कमिटी बैठक

Nepal Desk

२२, भाद्र २०७७
images
२६ गते बस्ने  भयाे नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यही भदौ २६ गतेका बोलाउने निर्णय भएको छ । आज बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफलपछि स्थायी कमिटी बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठक पार्टीभित्र विवाद बढ्दै गएपछि पटक–पटक सारिएको थियो । साउन १३ गतेपछि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक अब २६ गते बस्ने भएको हो ।

गत साउन १३ गते प्रधानमन्त्री ओलीले एकतर्फीरूपमा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभएको थियो । सोही दिन अर्का अध्यक्ष प्रचण्डले बैठक पुनः सञ्चालन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १३:२९:१० बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend